
अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करले पाउने भएका छन् । अर्थ मन्त्रालयले पुष्करलाई अर्थ सचिव बनाउने तयारी गरेको हो । हाल उनी अर्थ मन्त्रालयकै राजश्व सचिवको रुपमा कार्यरत छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले पुष्करलाई जिम्मेवारी दिने भनिएपनि केही प्रक्रिया मिलाउन बाँकी रहेकाले निर्णय हुन बाँकी रहेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि नै अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा तानिएको थियो । जनार्दन शर्मा पुनः अर्थमन्त्री भएर आएपछि उनले असहयोग गरेका थिए ।