१० साउन २०८३, आइतबार

हतकडी लगाउन समेत तयार हुनुपर्छ : मन्त्री चौधरी

हतकडी लगाउन समेत तयार हुनुपर्छ : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हतकडी लगाउन परे पनि तयार हुनुपर्ने धारणा राखेका छन् ।  मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘कर्मचारीहरु कसरी हुन्छ जनताका काम पन्छाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्छ । तर हामी राजनीति गर्नेहरु जनताको पक्षमा काम गर्दा हतकडी लाउन समेत तयार हुनुपर्छ ।’

जनताको काममा ढिलाइ गर्नै नहुने बताएका मन्त्री चौधरीले अहिले पनि हामी दशकौँ पुरानो ३५ दिने सूचना निकाल्ने, लो बिडमा ठेक्का दिने, त्यसपछि सेटिङ र कमिसनमा जाने, डिपिआर सक्न महिनौं लगाउने, काम समयमा सुरु नगर्ने, पैसा लिइहाल्ने, म्याद थप्ने, खर्च बढाउने जस्ता काममा लागेकाले यसरी मूलुक नबन्ने बताए ।

‘३५ दिने सूचना अवधिलाई ७ देखि १० दिनमा झारौँ । कम्तिमा २० दिनमा काम सुरु गरौँ । ठेकेदारले आयोजनालाई दुहुनो गाइ बनाउने काम तत्काल रोकौँ,’ सहरी मन्त्री चौधरीले थपे ।
पहिला सहर बसाउने अनि बल्ल डिपिआर गर्ने प्रचलन रहेको बताउँदै उनले अब नयाँ ठाउँमा नयाँ सहर बनाउँने र डिपिआर पूरा गरेपछि मात्र व्यवस्थित संरचना बनाउन सुरु गर्नुपर्ने धारणा समेत राखे ।

salt training

कमेन्ट गर्नुहोस्