
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रोपटक सरकार चलाइरहेका छन् । भारतीय जनता पार्टी (भाजपा) को लोकप्रियता कायमै रहेको बेला मोदीको उत्तराधिकारी को भन्ने चर्चा बेलाबेला हुने गर्छ ।
भारतीय सञ्चारमाध्यम आजतकको सी वोटर सर्भेले मोदीको उत्तराधिकारीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रीय मन्त्री अमित शाहलाई अगाडि देखाएको छ । विभिन्न व्यक्तिलाई सोधेर गरिएको सर्भेमा दुवैले बराबर समर्थन पाएका छन् ।
भारतमा हालसम्मका प्रधानमन्त्रीमध्ये सबैभन्दा राम्रा प्रधानमन्त्रीमा मोदी नै अगाडि देखिएका आजतकले जनाएको छ । विपक्षी दलहरूमध्ये लोकप्रिय नेता अरविन्द केजरीवाल देखिएका छन् ।