३१ असार २०८३, बुधबार

पत्नीको हत्या आरोपमा एक युवक पक्राउ

पत्नीको हत्या आरोपमा एक युवक पक्राउ

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई शुक्रबार पक्राउ गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको छ । प्रतिमाको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ । 

गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका–६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो । प्रतिमाको पाँच महिनाको गर्भ रहेको माइती पक्षको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्