माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
दरिलो अठोट र इच्छाशक्ति भएकी प्रतिमा पन्थले सफलताको शिखर चुमेकी छन् । रूपन्देहीको तिलोत्तमाकी पन्थलाई पाइला–पाइलाको तिरस्कारले झनै सफल बनाएको छ । पीडाको पहाड जितेर उनी सफलतामा पुगेकी हुन् ।
तिलोत्तमा नगरपालिका–३ शंकरनगरकी प्रतिमाको २७ वर्षको कलिलो उमेरमै सिउँदो पुछियो, चुरा खोसियो, पोते चुडियो । अहिले त्यहीँ चुरा, पोते, बुटिक र झोलाको घरेलु उद्यमले प्रतिमा सफल महिला उद्यमी बनेकी छन् ।
उनी भन्छिन्, ‘दुःख र संघर्षले सबै गर्न सिकायो । अहिले अनेक पीडाका पहाड जितेर उद्यमी बन्न सफल भएँ ।’ धेरै दुःखका ज्ञान र अनुभव बटुलेकी पन्थको जीवनमा घरको ‘खम्बा’ ढलेपछि कठिन संघर्षले ‘टर्निङ पोइन्ट’ लिएको हो ।
ट्रक चालक उनका पति गंगारामको १२ वर्षअघि २०६७ असोज २ गते पाल्पाको आर्यभञ्जाङमा सडक दुर्घटनामा परी निधन भयो । बेलुका फर्किन्छु भनेर स्याङ्जा हिँडेका पति कहिल्यै नफर्किने गरी उतैबाट अस्ताए ।
पतिको निधनपछि केही वर्ष त उनी चिन्ता र आँसुमै डुबिन् । घरको काममा मात्र सीमित प्रतिमालाई अब परिवारको आर्थिक जिम्मेवारी पनि काँधमा आइलाग्यो ।
काँखमा रहेका २ सन्तान कसरी हुर्काउनेदेखि पढाइलेखाइ कसरी व्यवस्थापन गर्ने पिरलोले उनी केही गर्ने अवसरको खोजीमा थिइन् । आफैं केही गर्नुपर्छ भन्ने अठोट लिँदै उनले शोकलाई शक्तिमा बदलिन् । तिलोत्तमाको सामूहिक बचत तथा ऋण सहकारीमा पतिले कमाएर ल्याएको थोरै पैसा भए पनि बचत गर्थिन् उनी । सहकारीले ७ वर्षअघि महिलालाई दिएको बुटिक तालिममा प्रतिमा पनि सहभागी भइन् । तालिमले प्रतिमालाई पनि केही गर्ने बलियो ढाडस दियो ।
त्यो तालिमलगत्तै तिलोत्तमा नगरपालिकाले पनि चुरा, बुटिक, झोला, चप्पल बनाउने तालिम सञ्चालन गर्दा प्रतिमा पनि जोडिइन् । तालिम लिएपछि उनी दक्ष बनिन् ।
तालिमपछि पन्थ आफ्नै घरमा चुरा, पोते, ‘स्यान्डिल’ बनाउन थालिन्, कडा मेहनतका साथ । उनलाई साथ दिइन् साथी सीता मल्लले । सीता पनि एकल महिला हुन् । दुवैले थोरै–थोरै पैसा संकलन गरेर प्रतिमाकै सानो घरमा सामान खरिद गरे । निरन्तरको सिकाइपछि बिक्रीयोग्य शृंगारका सामान तयार गरे । त्यसपछि प्रतिमाले बजार पुर्याउन थालिन् । उनले उत्पादन गरेका सामग्री सबैको रोजाइमा परे ।
प्रतिमाले भनिन्, ‘कहिले घरघरमा डुलाएँ । कहिले बजार–बजार पुर्याएँ ।’ तालिम पाएपछि प्रतिमा १ वर्षमा चुरा, पोते, जुत्ता–चप्पल, बुटिक बनाउन अब्बल भएपछि ठाउँ–ठाउँबाट तालिमका लागि आह्वान हुन थाल्यो ।
पति गुमाएपछि ५ वर्षसम्म मकै रोपेर र भैंसी पालेर जीविकोपार्जन गरेकी उनले चप्पल, पोते बनाउन सिकेर महिलालाई तालिम दिन थालिन् । ‘मेहनत आफूले गरें अनि तालिम लिएपछिको हौसलालाई व्यावसायिक रूपमा लैजाने गरी अगाडि बढें,’ उनले भनिन् ।
पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाँके, कपिलवस्तु, रूपन्देही लगायत जिल्लामा गएर प्रतिमाले अहिले पनि तालिम दिँदै आएकी छन् । उनको ‘लिडरशिप’ पनि उत्तिकै राम्रो छ ।
‘तालिम नहुँदा घरमा बसेर सामान बनाउँछु, हाटबजारमा लगेर बिक्री गर्छु । होलसेलसम्म पुर्याउँछु । तालिम हुँदा त्यसैमा व्यस्त भइन्छ,’ उनले भनिन् । शुरूका वर्षहरूमा सामान झोला–झोलामा बोकेर बिक्री गर्दाका दुःख प्रतिमालाई अहिले सपना जस्तै लाग्छ । चुरा, पोते, जुत्ता–चप्पल बिक्री गर्दा समाजले उनलाई अर्को दृष्टिले हेर्थ्यो । उनका उत्पादनहरू किन्न अहिले व्यापारीहरू घरमै आउने गरेका छन् ।
‘काँधमा ठूलो जिम्मेवारी थियो, छोराछोरी पढाउनु, हुर्काउनु थियो । संघर्षकै कारण यहाँसम्म आएँ । शुरूमा कहिले सहकारीको साधारण सभा, कहिले वनको साधारण सभा, कहिले साना किसान सहकारीको साधारण सभा यस्तैमा लगेर बिक्री गर्थें तर अहिले धेरै सहज भएको छ,’ उनी भन्छिन् ।
प्रतिमा तालिम दिएको दैनिक ३ हजार रुपैयाँसम्म लिन्छिन् । बजार हुँदा दैनिक ३–४ हजार रुपैयाँसम्म आम्दानी समेत गर्छिन् । चुरा, पोते, जुत्ता–चप्पल बिक्री गर्ने र तालिमबाटै प्राप्त भएको आम्दानीले जेठी छोरीलाई प्रतिमाले सिद्धार्थ क्याम्पसमा स्नातक तहमा अध्ययन गराइरहेकी छन् भने छोरा शान्ति नमूनामा माविमा पढ्छन् ।
उनको उद्यमले सानो पुँजीमा पनि राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने प्रेरणा दिएको छ । ‘पीडालाई जति लुकायो उति झन् पीडा हुने रहेछ,’ पन्थ भन्छिन्, ‘अहिले मेरो यही उद्यमको पहिचानले अप्ठ्यारो परेको बेला सबैको सहयोग पाएकी छु ।’ उनले अहिले तालिमदेखि आफूले उत्पादन गरेको चुरापोते बिक्री गरेर वार्षिक लाखौं आम्दानी गर्छिन् ।
आफूभित्रको सीप र क्षमता पहिचान गरी सोहीअनुरूप संघर्ष गर्दै जाने र आफूमा भएको धैर्यलाई विचलित हुन नदिने हो भने सफल भइने उनको बुझाइ छ । उनी भन्छिन्, ‘मन, मेहनत, दुःख खर्र्चिएपछि दीर्घकालीन सफलता मिल्दो रहेछ ।’ महिलाहरूले घरमा मोबाइलमा टिकटक र यूट्युब हेरेर बसिरहनुभन्दा केही सीप सिकेर आफैं उद्यम गर्नुपर्ने उनको आग्रह छ । घरेलु उद्यमलाई प्रोत्साहन हुने कार्यक्रम पालिकाले ल्याउँदा अधिकांश साना उद्यमी र व्यवसायी लाभान्वित हुने उनले बताइन् ।
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...