२९ असार २०८३, सोमबार

बाँकेमा ६ हजार नयाँ मतदाता

बाँकेमा ६ हजार नयाँ मतदाता
प्रतिकात्मक तस्वीर

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा ६ हजार बढी नयाँ मतदाता थपिने भएका छन् ।

गत असार १ गतेदेखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार ८१७ जनाले फारम भरेका छन् ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट ३ लाख २९ हजार ४७३ जनाको मतदाता नामावली आयोगले सार्वजनिक गरेको थियो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि बाँकेमा ६ हजार ८१७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले जानकारी दिए । उनका अनुसार गत असार १ गतेदेखि नयाँ मतदाता नामावली आवेदन दिनेका लागि फारम भर्न खुला गरिएको थियो । असारमा ४ हजार ४४३ र साउनको १९ गतेसम्म २ हजार ३७४ जनाले मतदाता नामावलीका लागि आवेदन दिएका थिए । 

बाँकेमा इलाका प्रशासन कार्यालय कोहलपुर, जिल्ला निर्वाचन कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली आवेदन संकलन गरिएको थियो । प्राप्त भएका आवेदनलाई संकलन गरेर केन्द्रमा पठाउने तयारी भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले बताए ।

आवेदन दिएका सबैले अहिले नै मतदाता नामावली पाउने निश्चित हुँदैन । कतिपयले १६ वर्षमा नागरिकता पाउनेबित्तिकै मतदाता नामावलीको फारम भरेका हुन्छन् । उनीहरूले १८ वर्ष पुगेपछि मात्र मतदान गर्ने अधिकार प्राप्त गर्ने गर्दछन् ।

जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालयले राखेको मतदाता नामावली संकलन केन्द्रमा नयाँ नागरिकता बनाउन आएका अधिकांशले आवेदन दिने गरेका थिए ।

निवेदन दिएकाको आवश्यक विवरण परीक्षण गरेर केन्द्रले मतदाता नामावलीको अन्तिम टुंगो लगाउने निर्वाचन कार्यालयका सूचना अधिकारी पन्तले बताए ।

salt training

कमेन्ट गर्नुहोस्