०४ असार २०८३, बिहीबार

थापाथली पुलबाट एक महिलाले हाम फालिन्, प्रहरीले गर्‍यो तत्कालै उद्धार

थापाथली पुलबाट एक महिलाले हाम फालिन्, प्रहरीले गर्‍यो तत्कालै उद्धार
सांकेतिक तस्वीर

काठमाडौंको थापाथलीस्थित पुलबाट हाम फालेकी एक महिलाको तत्कालै प्रहरीले उद्धार गरेको छ । शनिवार अपराह्न पुलबाट बागमती नदीमा हाम फालेकी ति महिलाको प्रहरीले तत्कालै उद्धार गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार ति महिलाले शनिवार अपराह्न ४ बजे पुलबाट हाम फालेकी थिइन् । प्रहरीले उनको तत्कालै उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो । 

हाम फाल्ने ती महिलाको पहिचान खुलिसकेको छैन । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको एसपी मैनालीले बताए ।   

salt training

कमेन्ट गर्नुहोस्