०३ असार २०८३, बुधबार

चार कलाकारलाई ‘धवल मोती सम्मान’

चार कलाकारलाई ‘धवल मोती सम्मान’
फाइल तस्वीर/तस्वीर स्रोतः आशाका किरण डटकम

धवल कला मन्दिरले बर्सेनि प्रदान गर्ने ‘धवल मोती सम्मान’बाट यस वर्ष चार कलाकार सम्मानित हुने भएका छन् । विसं २०७८ को उक्त सम्मान कलाकार नारायणप्रसाद श्रेष्ठलाई मृत्युपर्यन्त र मुकुन्द शाक्यलाई प्रदान गर्न लागिएको हो । 

यस्तै यस वर्षको ‘धवल मोती सम्मान’ कलाकारद्वय वेदविक्रम शाक्य र मधुसुदन श्रेष्ठलाई प्रदान गरिने भएको छ । संस्थाका अध्यक्ष काजी रोशनले कला र संगीत साधनाकामार्फत समाजमा पु¥याएको योगदानबापत उहाँलाई सम्मान गर्ने निर्णय भएको जानकारी दिए । 

आगामी भदौ ११ गते मोती जयन्तीका अवसरमा आयोजना हुने समारोहमा सम्मान प्रदान गरिने जनाइएको छ । यसअघि उक्त सम्मानबाट कलाकार महेशचन्द्र प्रधान, रमेशकुमार राजभण्डारीलगायत सम्मानित भइसकेका छन् । सोही समारोहमा सार्थक प्रकाशनका तर्फबाट ‘सार्थक मोती सम्मान’ र स्मृति प्रकाशनका तर्फबाट ‘स्मृति युवा सम्मान’ प्रदान गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

गत वर्ष कोभिड–१९ का कारण मोती जयन्ती समारोह स्थगन भएपछि दुई वर्षको सम्मान एकैसाथ प्रदान गर्न लागिएको हो । कला, संगीत र साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मान गर्ने गरिएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्