×

NMB BANK
NIC ASIA

बैंककमा चिनियाँ क्यासिनो सञ्चालक पक्राउ

साउन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अवैध अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएका एक विवादास्पद चिनियाँ व्यवसायीलाई बैंककका अधिकारीहरूले हिरासतमा लिएको थाई प्रहरीले शनिबार पुष्टि गरेको छ । उनी चिनियाँ प्रहरीबाट फरार रहँदै आएका थिए ।  

Muktinath Bank

उनले कम्बोडिया र म्यान्मारको कायिन राज्यको श्वे कोक्कोमा विवादास्पद ठूला आयोजना र र क्यासिनो खेलका साथै फिलिपिन्समा चिठ्ठा खेलाउने धन्दा चलाएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । थाइ प्रहरीले उनलाई सुपुर्दगीका लागि अनुरोध गर्न बाँकी रहेको भन्दै बुधबार राति अध्यागमन हिरासतमा लिएपछि उनको थाई भिसा रद्द गरिएको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थाई प्रहरी अधिकारीले एएफपीसँग भने, “सरकारी वकिलले अर्को हप्ता फौजदारी अदालतमा (अस्थायी गिरफ्तारी) का लागि अनुरोध पेश गर्नेछन् ।” इन्टरपोलले मे २०२१ मा प्रकाशित गरेको र एएफपीले प्राप्त गरेको रेड नोटिसमा भनिएको छ, “उनी चीनमा क्यासिनो सञ्चालनसँग सम्बन्धित आपराधिक आरोपको सामना गरिरहेका छन् र उनलाई अधिकतम १० वर्षको जेल सजाय हुन सक्छ ।” 


Advertisment
Nabil box
Kumari

सन् २०१८ को जनवरीदेखि सन् २०२१ को फेब्रुअरीसम्म ‘आपराधिक गिरोह’को नेतृत्व गर्ने ती संदिग्धले अन्यसँग मिलेर कम्पनी दर्ता गर्ने, अनलाइन जुवा खेल्ने प्लेटफर्मको अनुसन्धान र विकास गर्ने काम गरेको ‘रेड नोटिस’मा उल्लेख छ । होङशुलिन, यिगौ र यियु इन्टरनेसनलजस्ता अनलाइन गेमिङ (जुवासम्बन्धी) वेबसाइटहरू स्थापना गरेको र तीनमा तीन लाखभन्दा बढी जुवाडेहरू भर्ती गरेको आरोप उनीविरूद्ध रहको छ ।

Vianet communication
Laxmi Bank

‘रेड नोटिस’मा भनिएको छ, “शे झिजियाङले प्राप्त गरेको अवैध आय कुल १५ करोड चिनियाँ युआन (२ करोड २२ लाख अमेरिकी डलर) भन्दा बढी रहेको र यो रकम विदेशमा स्थानान्तरण गरिएको छ ।” थाइ सञ्चारमाध्यमका अनुसार उनको सञ्जालमा परी ठगिएका एक चिनियाँ नागरिकले ठूलो रकम हिनामिनापछि आत्महत्या गरेका थिए ।

उनीसँग कम्बोडियाको राहदानी भए पनि चीनको हुनान प्रान्तमा जन्मिएको उल्लेख ‘रेड नोटिस’मा उल्लेख छ । उनलाई सन् २०१७ मा कम्बोडियाको नागरिकता प्रदान गरिएको थियो तर वास्तविक अवस्था अस्पष्ट रहेको ‘फ्रन्टियर म्यान्मार’ ले जनाएको छ । कम्बोडियाली सरकारले आफ्नो ढुकुटीमा कम्तीमा दुई लाख ५० हजार अमेरिकी डलर दान गर्ने विदेशीलाई नागरिकता दिन सक्ने त्यहाँको कानुनी प्राबधान भए अनुसार उनले नागरिकता पाएको हुनसक्ने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x