
शनिवार राति काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ ।
आइतवार बिहानसम्म भएको भारी वर्षाका कारण विभिन्न खोला तथा नदीमा जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, उपत्यकाको मनोहरा, गोदावरी खोला, बागमती, विष्णुमती जलाधारको धेरै स्थानमा मध्यम तथा भारी वर्षा भएको छ ।
सबै नदीमा जलसतह बढ्दो रहेको विभागले जनाएको छ।
विभागले मनोहरा नदीमा जलसतह सतर्कता आसपाससम्म पुग्न सक्ने भन्दै पछिल्लो तीन घन्टासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।