
भारतीय स्थल सेना प्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई औपचारिक भ्रमणको लागि निम्तो दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नव नियुक्त पाण्डेलाई औपचारिक भ्रमणको निम्तो दिने निर्णय गरेको हो । तर, कहिलेका लागि निम्तो दिने भन्ने खुलेको छैन ।
भारतमा नयाँ प्रधानसेनापति नियुक्त भएपछि नेपालमा मानार्थ सेनापतिको दर्ज्यानी दिने प्रचलन छ ।