१६ असार २०८३, मंगलबार

मोहन्यालका अधिकृत बुढाक्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

मोहन्यालका अधिकृत बुढाक्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनीविरुद्ध ४४ हजार रुपैयाँ घुस लिएको अभियोगमा आइतवार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

अधिकृत बुढाक्षेत्रीले सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । उनलाई घुस रकमसहित साउन १ गते अख्तियारको कन्चनपुर कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानका क्रममा उनले उक्त सेवाग्राहीसँग १४ हजार रुपैयाँ बैंक खातामा लिएका थिए । उनले लिएको कुल ४४ हजार रुपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्