१४ असार २०८३, आइतबार

नेपाली विद्यार्थीले बनाए हावाबाट चल्ने रिक्सा

कात्तिक २०, २०७४
नेपाली विद्यार्थीले बनाए हावाबाट चल्ने रिक्सा

मोरङ, १४ साउन– मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् । मेकानिकल विभागका विद्यार्थीले एक वर्षको अबधिमा बनाएका उपकरणहरु सार्वजनिक गर्दै एक्सिलेटर भएको साइकल र हावाबाट चल्ने नमुना उपकरण देखाएका छन् ।

विद्यार्थीले तीन वर्षको अवधिमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा मेकानिकलका आ–आफ्ना क्षेत्र अन्तरगत बनाएका उपकरण प्रदर्शन गरेका हुन् ।

जसमध्ये मेकानिकलका विद्यार्थीले बनाएको हावाबाट चल्ने क्षमता भएको अटो रिक्साले सबैलाई आकर्षण गरेको छ । विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सामा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीलाई घुमाए पनि ।
अहिलेसम्म पाइडलबाट ठेलेर कुदाउने, ब्याट्रीबाट चल्ने तथा ईन्धनबाट चल्ने रिसक्साहरु मात्र बजारमा उपलब्ध थिए । तर मनमोहन पोलिटेक्निकका विद्यार्थीले भने हावाबाट चल्ने रिक्सा बनाएका छन् ।

विद्यार्थीले अटोरिक्सा आफैले एक लाख रुपैयाँ खर्च गरेर उक्त रिक्सा बनाएका हुन् । ४ जना चढ्न मिल्ने रिक्सा बनाउन उनीहरुलाई एक वर्ष लागेको पोलिटेक्निकले जनाएको छ । विद्यार्थीहरुले सामान ओसार्ने मेसिन, एक्सिलेटरबाट कुदाउन मिल्ने साइकलन समेत बनाएका छन् ।

तीन डाईरेक्सनबाट सामान बोक्ने सवारी बनाएर नयाँ मेकानिक्समा नयाँ नयाँ उपलब्धी हासिले गरेको विद्यार्थीको दावी छ ।
यस्तै ईलेक्ट्रिकल अन्तर्गतका विद्यार्थीले बैकल्पिक उर्जा प्रबद्र्धनात्मक सबै उपकरण जडित भवन, फ्याक्ट्रीमा मेसिन चलिरहँदा तत्कालै (एक सेकेण्डमै) मेसिन रोकिने उपकरण पनि बनाएका छन् । उद्योगका मेसिनमा कहाँ समस्या आयो भनेर थाहा पाउने मेसिन समेत बनाएको पोलिटेक्निकका प्रिन्सिपल सुवास पोखरेलले जानकारी दिए ।

इलेक्ट्रोनिक्स डिपार्ट अन्तरगतका विद्यार्थीले जसुसी ड्रोन बिमान, सेक्युरिटी होम, रिमोट कन्ट्रेल बेश फायर मेसिन, कही आगलागी भयो भने आगो निभाउन उडेर जाने ड्रोन निर्माण गरेर प्रबिधिमा फड्को मारेका छन् । प्रदर्शनीमा विद्यार्थीले अनलाईनबाट घर भित्र हुन सक्ने जोखिम घटाउने उपायसहितको इलेक्टिीक उपकरण प्रदर्शन गरे ।

विद्यार्थीले बनाएका उपकरणले घरमा हुने ग्यास लिक, आगलागी हुन सक्नेखतराको संकेत पहिले नै मोबाइलमा जानकारी दिने खालका उपकरण जडान गरेका छन् । यस्ता उपकरण संचालन गर्नका लागि भने मोबाइल इन्टरनेट चलाउन मिल्ने खालको हुनुपर्ने विद्यार्थीले जनाएका छन् ।

१ सय ९२ जना विद्यार्थीले आफ्नो प्रोजेक्ट अन्तरगतका कार्यक्रम तयार पारेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्