बैशाख २९, २०८०
‘खल्तीमा सुको छैन, खुब नेता बन्नुपरेको छ । जा, छिटो एक भारी घाँस काटेर आइज ।’ बाआमाको यस्तो गाली नखाएका अहिलेका प्रौढ नेता शायदै होलान् । जो गाउँमा जन्मे, हुर्के, त्यहीँ स्कूल पढे, ती अधिकांशको ...
काठमाडाैं | साउन ३०, २०७९
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्षाको राष्ट्रिय, सामाजिक र व्यक्तिगत उद्देश्यहरू पूरा नभएकाले मानव राष्ट्रिय मानव पूँजीको स्तर कमजोर छ ।
उत्पादित जनशक्तिले बजारको मागलाई सम्बोधन गर्न सकेको छैन भने उत्पादनशील रोजागरी सिर्जना र प्रतिस्पर्धात्मक क्षमता पनि कमजोर छ । बदलिँदो आन्तरिक तथा विश्वपरिवेश र सामाजिक आवश्यकतालाई सम्बोधन गर्न सक्ने पाठ्यक्रम विकास र परिमार्जन भैसकेका छैनन् । परिणामतः समग्र विकास र लोकतन्त्रको संस्थानीकरणमार्फत् सुशासन प्रत्याभूत गर्न सकिएको छैन ।
यसर्थ पाठ्यक्रम व्यवस्थापनका आयामहरू तर्जुमा, परिमार्जन, कार्यान्वयन र परीक्षणलाई सान्दर्भिक, वैज्ञानिक र तथ्यमूलक बनाउन आवश्यक देखिएको छ ।
(क) पाठ्यक्रम तर्जुमा
– शैक्षिक पाठ्यक्रम समसामयिक, सान्दर्भिक, गतिशील एवं राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय प्रवृत्ति अनुरूप निर्माण गर्न, सक्षम र प्रतिस्पर्धी शिक्षकको तयारी साथै विद्यार्थीकेन्द्रित शिक्षण विधि र अनुसन्धानमा प्राथमिकता दिने, विश्वविद्यालयहरूका पाठ्यक्रमबीच सामन्जस्यता र संगति ल्याउन अध्ययन, विश्लेषण र परीक्षण तथा प्रबोधीकरणलाई अनिवार्य गर्ने,
– पाठ्यक्रममा विद्यार्थी, प्राध्यापक, समुदाय र अन्य सरोकारवालाको अपनत्वमा पुर्याउन पाठ्यक्रम विकासका चरणहरूमा सबैको सहभागिता गराउने, पाठ्यक्रमलाई जीवन्त बनाउन पाठ्यक्रम कार्यान्वयनका क्रममा समेत समान्य समायोजन गर्नसक्ने गरी गरी व्यावहारिक लचकता दिने,
– पाठ्यक्रमलाई शिक्षक–विद्यार्थीको भार नबनाउन सीप विकास र ज्ञान निर्माणको आभ्यान्तरिक उत्प्रेरणा जगाउने संस्कृतिको विकास गर्ने, पाठ्यक्रम मागमा आधारित र सामाजिक वास्तविकतासँग सचेत बनाउन प्राज्ञिक स्वतन्त्रताका भरपूर उपयोग गर्न सक्षम बनाउने,
– विषय समितिहरूलाई निरन्तर अध्ययन, अनुसन्धान, पाठ्यभारअनुरूप कार्यक्रम कार्यान्वयन गर्न गराउन र संकायहरूलाई अनुगमन र अन्वेषणमा जिम्मेवार बनाउने ।
(ख) पाठ्यक्रम परिमार्जन
– एक शैक्षिक सत्र पूरा भएपछि पाठ्यक्रमको सान्दर्भिकता, उपयुक्तता, कार्यान्वयनयोग्यता, विद्यार्थी पहुँच, रुचिजस्ता विषयको समीक्षा गर्ने,
– संकाय तथा विषय समितिले बाह्य उत्कृष्ट विश्वविद्यालयका विषय शिक्षण समितिको पाठ्यक्रम प्रवृत्ति, अवलम्बन तथा परिमार्जनका विषयमा जानकारी राखी प्रत्येक पाँच वर्षमा शैक्षिक कार्यक्रमले राष्ट्रिय उद्देश्य, शिक्षा नीति र अन्तर्राष्ट्रिय प्रवृत्तिलाई कार्यान्वयन गर्न सके नसकेको उपलब्धि मूल्यांकन गर्ने,
– अध्ययन, विश्लेषण, उपलब्धि, आवश्यकता र नवप्रवर्तनको आधारमा पाठ्यक्रम परिमार्जनलाई निरन्तर पद्धतिका रूपमा लिन संकाय र विषय समितिलाई जिम्मेवार बनाउने ।
(ग) साझा पाठ्यक्रम प्रारूप
– नेपाल बहुविश्वविद्यालयको अवधारणमा रहेको र उदार नीति वातावरणका कारण विश्वव्यापीकरणको प्रवाहले शैक्षिक मानक र प्रवृत्तिमा निरन्तर गतिशीलता आइरहने सन्दर्भमा पाठ्यक्रमबीच सहभागिता (हार्मोनाइजेसन) र गतिशीलतका लागि विश्वविद्यालय पाठ्यक्रम प्रारूप निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगलाई जिम्मेवार बनाउने ।
(घ) पाठ्यक्रम कार्यान्वयन
– पाठ्यक्रम अनुरूपका पाठ्यपुस्तक, सन्दर्भ पुस्तक र सिकाइ सामग्रीहरूको व्यवस्थापनमा संकाय र विषय शिक्षण समितिलाई जिम्मेवार बनाउने,
– पाठ्यक्रम कार्यान्वयनका व्यवस्थापकीय पक्षहरू जस्तो कि भौतिक पूर्वाधार, सिकाइ वातावरण, शिक्षक विद्यार्थी सम्बन्ध, ट्यूटोरियल र प्रयोगात्मक विषयमा सम्बन्धित क्याम्पस प्रमुखलाई जिम्मेवार बनाउने,
– पाठ्यांशले मागेको कक्षा कार्य (प्रवचन, अन्तरक्रिया, प्रयोगशाला कार्य, अभ्यास, परीक्षण आदि) मा विषय शिक्षकलाई जिम्मेवार बनाउने,
– विषय शिक्षकले पाठ्यक्रम अनुरूप कक्षा कार्य गरे नगरेको, पाठ्यक्रम पूरा गरे नगरेको, सिकाइ परिवेशमा मौलिकता र नवप्रर्वतन प्रदर्शन गरे/नगरेको अवलोकन, निरीक्षण, मूल्याङ्कन र प्रतिवेदनका लागि सम्बन्धित क्याम्पस प्रमुखलाई जिम्मेवार बनाउने,
– निश्चित समयको अन्तरालमा सम्बन्धित विषयमा अन्तरविश्वविद्यालय विद्यार्थी अनुभव आदानप्रदान (स्टुडेन्ट एक्सचेन्ज) गर्ने,
– प्रायोगिक विषयहरूमा सिकाइ–प्रतिष्ठान सहकार्य, समुदाय–सिकाइ सहकार्यको पद्धति विकास गर्ने,– विषय शिक्षकहरूको साझा प्लेटफर्म बनाई सहयोग र प्रतिस्पर्धाको वातावरण बनाउने, ल्पेटफर्मलाई इनोभेसन सेन्टरका रूपमा लिने पद्धति विकास गर्ने ।
(ङ) अनुसन्धान र अध्ययन
– विश्वविद्यालय शिक्षा प्राज्ञिक सिद्धान्त अनुसार बनाउन विश्वविद्यालयका अनुसन्धानलाई पाठ्यक्रम विकास, कार्यान्वयन र परीक्षणको अभिन्न भाग बनाउने, यस कार्यका लागि संकाय, विषय समितिलाई जिम्मेवार बनाउने, साथै विश्वविद्यालय मातहतका अनुसन्धान संयन्त्रले शैक्षिक कार्यक्रमको उपलब्धिको अध्ययन गरी नियमित पृष्ठपोषण गर्ने,
– विश्वविद्यालय अनुदान आयोग उच्च शिक्षाको साझा छाता निकायका रूपमा अध्ययन, अन्वेषण, अनुसन्धान, क्षमता विकास र सहजीकरणको अभिभावकीय जिम्मेवारीमा रहने ।
(च) शिक्षक तयारी
– विश्वविद्यालय सेवामा समाजका उम्दा प्रतिभाको कार्यस्थल बनाउन मौजुदा छनौट, शैक्षिक योग्यता, परीक्षण पद्धति, सेवा सुविधा र आचारसंहिता पुनसंरचना गर्ने,
– शिक्षक विकास र अभिप्रेरणाका लागि क्षमता विकास, अनुसन्धान संलग्नता र निरन्तर पुनतार्जगीको स्वचालित पद्धति अपनाउने,
– विश्वविद्यालयका पदाधिकारी नियुक्तिका मान्य आधार स्थापना गरी पारदर्शी बनाउने,
– शिक्षक अचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्ने, स्वनियमन र निगरानीका विधि अवलम्बन गर्ने,
– एकीकृत विश्वविद्यालय सेवा आयोग स्थापना गर्ने ।
(छ) समकक्षता
– समकक्षता निर्धारणका मन्तव्यमुखी र विषयपरक हुन नदिन मान्य वस्तुगत सूचक निर्धारण गरी पारदर्शी बनाउने, सशर्त समकक्षता र उपाधि दिने परिपाटी अन्त्य गर्ने,
– समकक्षता र उपाधिको स्तर मानक, विधि निर्धारणमा सहयोग गर्न सबै विश्वविद्यालयहरूको प्रतिनिधित्व रहने गरी प्राज्ञिक परिषद बनाउने,
– पाठ्यक्रम विकास केन्द्रलाई प्राज्ञिक स्वायत्ततासहित सबै विश्वविद्यालय र प्रतिष्ठानहरूको साझा ‘समकक्षता नियोजक’ का रूपमा विकास गर्ने,
(ज) सम्बन्धन र कार्यक्रम विस्तार
– विश्वविद्यालयहरूले दिने सम्बन्धनका आधार सूचकहरू निर्धारण गरी पारदर्शी बनाउने,
– सम्बन्धन दिनुअघि निर्धारित शैक्षिक मानक र सिकाइ पूर्वाधारहरू पूरा भएको आश्वस्त हुने,
– विश्वविद्यालयले कतिवटा क्याम्पसलाई सम्बन्धन दिन उपयुक्त हुन्छ, सम्बन्धनपछि विश्वविद्यालयको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा नीति मानक विश्वविद्यालय अनुदान आयोगले तर्जुमा गर्ने,
– विदेशी विश्वविद्यालयबाट सम्बन्धनलाई पारदर्शी बनाई नियमन गर्ने ।
(झ) ज्ञान व्यवस्थापन
– ज्ञान निर्माण, पुनःनिर्माण र प्रयोगबाट उच्च शिक्षालाई सामाजिक प्रजननशीलता र राष्ट्रिय विकासमा उन्नयन गर्न विश्वविद्यालयहरू स्वयं क्रियाशील रहने ।
(ञ) मार्गदर्शन तथा नीति समन्वय
– शैक्षिक कार्यक्रमका उपलब्धिको विस्तृत लेखाजोखा गरी आवश्यक मार्गदर्शन गर्ने कार्यात्मक भूमिकामा विश्वविद्यालय सभा रहने,
– विश्वविद्यालयहरूको प्राज्ञिक सबलता विस्तार गर्न विश्वविद्यालय अनुदान आयोगको अनुसन्धान, विकास र व्यावसायिक गमता बढाउने,
– विश्वविद्यालयका विषयगत नीतिको सहजीकरण र समन्वयको भूमिकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहने ।
निष्कर्ष
शिक्षा विकास विकासको सम्पूर्णता होइन, तर शिक्षा गुणस्तरीय भएमा विकासका धेरै पक्षलाई सकारात्मक योगदान गर्न सक्छ । चेतना, विवेक, सीप र स्वभाव शिक्षाले नै दिने हो । शिक्षाले विकास संस्कृति निर्माण गर्न सघाउँछ । मानव तथा सामाजिक पूँजी निर्माण गर्छ र त्यसलाई कार्यरूपमा लैजाने सामर्थ्य बढाउँछ । त्यसैले भनिन्छ, शिक्षा सप्रिए धेरै कुरा सप्रिन्छ, शिक्षा बिग्रिए अरू कुरा सपार्न सकिँदैन । शिक्षा गुणस्तरको जग पाठ्यक्रम हो । त्यसैले पाठ्यक्रम निर्माणदेखि कार्यान्वयनसम्मका चरणहरू पुनसंरचना गरी समाज सान्दर्भिक बनाउनु पर्छ ।
‘खल्तीमा सुको छैन, खुब नेता बन्नुपरेको छ । जा, छिटो एक भारी घाँस काटेर आइज ।’ बाआमाको यस्तो गाली नखाएका अहिलेका प्रौढ नेता शायदै होलान् । जो गाउँमा जन्मे, हुर्के, त्यहीँ स्कूल पढे, ती अधिकांशको ...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...
उहिलेको जमानामा रेडियो नेपालमा 'म तिम्रो शहर छोडी टाढा जाँदैछु…' भन्ने गीत निकै सुनिन्थ्यो । त्यही गीतको झल्को दिनेगरी टोपबहादुर रायमाझी यतिखेर काठमाडौं शहर छाडेर कतै टाढा गएका छन् । फर्किने...
नेपाली कांग्रेसका नेता नरहरि आचार्य २०५२ साल मंसिर २७ गते संसदीय व्यवस्था मन्त्री बनेका थिए । आचार्यले मन्त्री बनेको ६ महिनापछि २०५३ असार २५ गते मन्त्रिपरिषद् सचिवालयमा सम्पत्ति विवरण पेश गरेका थिए । आचार्य २०५३ ...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...