१८ असार २०८३, बिहीबार

केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षा योजना पेश

केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षा योजना पेश

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीका लागि सोमवार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन केन्द्रित सुरक्षा योजना पेश गरेका छन् । 

बैठकले आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त बनाउने निर्णय गरेको गृहमन्त्रालयले स्रोतले जानकारी दिएको छ । सबै सुरक्षा निकायले तयार पारेको सुरक्षा योजनाका आधारमा एकीकृत सुरक्षा योजना तयार पारिने बताइएको छ । 

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरण शर्मासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी भएका थिए । बैठकमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह‚ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधीकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारी सहभागी थिए । 

सरकारले मंसिर ४ का लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । मिति घोषणा भएसँगै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तर्फबाट निर्वाचन सुरक्षा तथा साधन स्रोत र जनशक्ति व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाइसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्