माघ १०, २०७९
द ब्रिटिश कलेजले हायात रिजेन्सी (रोक्स गार्डेन) मा पूर्वविद्यार्थीहरूको भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम आयोजना गरेको छ । पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिश कलेजबाट ग्र...
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा उपलब्ध गराइएको छ । नगरपालिका–९ ढुंगे बिसौनामा विश्वविद्यालय पूर्वाधार समितिको नाममा ४८.६७ रोपनी जग्गा रजिस्ट्रेसन पास भएको समितिका सदस्य खड्गबहादुर राईले जानकारी दिए ।
स्थानीय मानबहादुर तामाङको १९.९२, तिलकबहादुर तामाङको ४.४८, ग्यामबहादुर सुब्बाको ४, धनमाया श्रेष्ठको २.२, केशरबहादुर श्रेष्ठको १.५४ र सफलमाया श्रेष्ठको १६.७१ रोपनी जग्गा पूर्वाधार समितिको नाममा रजिस्ट्रेसन पास भएको राईले जानकारी दिए । जग्गा खरिद गर्न सरकारले समितिको नाममा सात करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।
प्रतिनिधिसभाको गत साउन १० गते बसेको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको थियो । तुम्लिङटारमा योगमाया आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माण समितिको फिल्ड कार्यालय स्थापना भइसकेको छ । अरुण उपत्यकामा स्थापना हुने भएसँगै स्थानीय उत्साहित भएका छन् ।
विश्वविद्यालयका लागि संखुवासभाको खाँदबारी नगरपालिका क्षेत्रको ३७२ रोपनी र भोजपुरको षडानन्द नगरपालिकामा २३३ रोपनी जग्गा खरिद प्रक्रिया थालिएको छ । वि.स.१९२४ सालमा भोजपुरको नेपालेडाँडामा जन्मिएकी सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेले १९९८ असार २२ गते एकादशीका दिन आफ्ना ६७ सहयोगीसहित अरुण नदीमा जलसमाधि गरेकी थिइन । उनलाई प्रथम विद्रोही नारीका रुपमा पनि चिनिन्छ । उनको वास्तविक नाम मायादेवी न्यौपाने हो । आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न विश्व विद्यालय स्थापना भएको हो । रासस
द ब्रिटिश कलेजले हायात रिजेन्सी (रोक्स गार्डेन) मा पूर्वविद्यार्थीहरूको भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम आयोजना गरेको छ । पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिश कलेजबाट ग्र...
बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ । नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । नगरको पहिचानलाई...
इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । पालिकाभित्र सञ्चालित बाल कक्षादेखि कक्षा १२ सम्म सामुदायिक विद्यालयमा ६१ दशमलव ७४ प्रतिशत र संस्थागत विद्यालयमा ३८ दशमलव ३६ प्रति...
त्रिभुवन विश्वविद्यालयले विधानविपरीत परीक्षा तालिका निकालेको भन्दै स्नातक चौथो वर्षका विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। कोर्स नसकिँदै र परीक्षा फारम सकेको २ दिनमै त्रिविले परीक्षा सञ्चालन हुने गरी ता...
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय शिक्षा प्रदानमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल मोरङ (हिसान)द्वारा आयोजित खेलकुद सप्त...
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई अर्थात माध्यामिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि) को समयतालिका सार्वजनिक गरेको छ । बोर्डको माघ ११ गतेको निर्णयअनुसार २०७९ सालको एसईई परीक्ष...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...