११ साउन २०८३, सोमबार

राप्रपा बैठक–चुनावी तालमेलको निर्णय लिने जिम्मा लिङदेनलाई

राप्रपा बैठक–चुनावी तालमेलको निर्णय लिने जिम्मा लिङदेनलाई

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेलबारे निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएको छ । सोमवार काठमाडौंमा बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले उनलाई आगामी निर्वाचनमा अन्य दलहरूसँग तालमेलबारे निर्णय गर्ने जिम्मा दिएको हो । 

बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ‘आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न राजनीतिक दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई बैठकले जिम्मेवारी प्रदान गरेको छ । 

बैठकले लिङदेनकै अध्यक्षतामा निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्