
सर्वाेच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरिएको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले सोमवार सक्कल फाइल झिकाउन आदेश गरेको हो ।
अदालतले मुद्दाका दुवै पक्षलाई भदौ २ गते बोलाएर पेशी तोक्ने आदेश समेत गरेको छ ।
साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको थियो ।
