०८ असार २०८३, सोमबार

मन्त्री कुँवरलाई इजरायलले थप १ हजार नेपाली कामदार लैजाने बारे जानकारी

मन्त्री कुँवरलाई इजरायलले थप १ हजार नेपाली कामदार लैजाने बारे जानकारी

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको बताइएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले हिजो मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराएका थिए ।  त्यस्तै उनले यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिए । साथै उनले आगामि दिनमा पनि इजरायल सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्