
बलिउड चलचित्र लाल सिंह चड्डा यस वर्ष बहुप्रतीक्षित थियो ।
तर यस चलचित्रले हलमा भने अपेक्षित व्यापार गर्न सकेन ।
१८० करोड भारतीय रुपैयाँमा बनेको यस चलचित्रले पहिलो विकइण्डमा ३८.२१ करोड रुपैयाँ मात्रै कमाएको छ ।
अभिनेता आमिर खान अभिनित यस अघिका चलचित्रहरूले एकै दिनमा सो रकमको आँकडा पार गर्दथे ।
तर यसपटक भने अपेक्षित व्यापार नगरेको हो ।
शुक्रवार हलमा आएको चलचित्र लाल सिंह चड्डाले आइतवार १०.५ करोड भारुको व्यापार गरेको थियो ।
चलचित्रले शनिवार ८.७५ करोड भारु, शुक्रवार ७.२६ करोड भारु र मंगलवार ११.७ करोड रुपैयाँको व्यापार गरेको बताइएको छ ।
चलचित्रको व्यापार देखेर आमिस दुःखी भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।