×

NMB BANK
NIC ASIA

बालुवाटारमा गठबन्धनको बैठक

साउन ३१, २०७९

NTC
Premier Steels

सत्तारुढ गठबन्धन दलको बैठक मंगलवार बिहान बसेको छ । आगामी निर्वाचन र नागरिकता विधेयक फिर्ताकाे विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूको बैठक बसेको हो । 

Muktinath Bank

बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन, राष्ट्रपति कार्यालयबाट फिर्ता आएको नागरिकता विधेयक लगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँच दलीय गठबन्धनमा अन्य दलहरूले पनि सहभागी हुने इच्छा व्यक्त गरिरहेका छन् । हाल पाँच दलीय रहेको गठबन्धन निर्वाचनसम्ममा कम्तिमा ८ दलीय पुग्ने अवस्था छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेका विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार संसदमै फिर्ता गरेकी थिइन् । विधेयक फिर्ता गर्दा राष्ट्रपति भण्डारीले संसदलाई १५ बुँदे सन्देश लेखेकी छन् । सोही विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ । 

Vianet communication

नागरिकता विधेयक फिर्ता भएपछि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले विधेयक पुन फास्ट ट्रयाकबाट संसदबाट पारित गरी राष्ट्रपति कार्यालय पठाउनु पर्ने धारणा राखेको छ । अन्य दलले भने राष्ट्रपतिले पठाएको सन्देशमा गठबन्धनमा रहेका दलहरूबीच समान धारणा बनाउनुपर्नेमा जोड दिइरहेका छन् ।

मंगलवारको गठबन्धनको बैठकमा नागरिकता विधेयक फिर्ता आएको अवस्थामा समान धारणा बनाउन प्रयत्न गरिने एक नेताले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x