०३ असार २०८३, बुधबार

एटिएम कार्ड प्रयोग गरेर ठगी गर्ने एक पक्राउ

कात्तिक २०, २०७४
एटिएम कार्ड प्रयोग गरेर ठगी गर्ने एक पक्राउ


काभ्रे, २० पुस -अर्को व्यक्तिको एटिएम कार्ड प्रयोग गरेर रकम झिकिरहेको अवस्थामा प्रहरीले आज धुलिखेलबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ श्याम्घाका वसन्तबहादुर थापा रहेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेका प्रहरी उपरीक्षक सकुल थापाले बताए ।

थापाले अनिल दुवालको नामबाट धेरैपटक रकम निकालेको प्रहरी समक्ष बयान दिएका छन् । उनले रु १२ लाख निकालेको स्वीकार गरेको भएपनि त्योभन्दा बढी रकम निकालेको हुनसक्ने र त्यसका लागि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।

थापाको साथबाट रु ३० हजार, दुईवटा राहदानी, छवटा सिमकार्ड फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्