२७ जेठ २०८३, बुधबार

कश्मीरी पण्डितहरूमाथि आक्रमण : भट्ट थर बताएपछि गोली प्रहार, १ जनाको मृत्यु

साउन ३१, २०७९
कश्मीरी पण्डितहरूमाथि आक्रमण : भट्ट थर बताएपछि गोली प्रहार, १ जनाको मृत्यु

भारतको जम्मू–कश्मीरमा स्थानीय पण्डितमाथि आक्रमणको शृंखला जारी रहेको छ । आतंककारीहरूले कश्मीरी पण्डितलाई निशानामा राखेर शृंखलावद्ध आक्रमण गरिरहेका छन् । 

मंगलवार दक्षिण कश्मीरको शोपियामा आतंककारीहरूले २ भाइलाई शुरूमा नाम सोधे र भाइहरूले भट्ट थर बताएपछि अन्धाधुन्ध गोली प्रहार गरे ।

गोली प्रहारबाट १ भाइ सुनिलकुमार भट्टको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्का भाइ गम्भीर घाइते भएर अस्पतालमा उपचार भइरहेको छ ।

भट्ट भाइहरू आफ्नो स्याउ बारीमा काम गरिरहेका थिए । त्यतिबेला आतंककारीहरू बारीमै प्रवेश गरेर आक्रमण गरेका हुन् ।

भारतीय जनता पार्टी (भाजपा) नेता निर्मल सिंहले घटनाको भर्त्सना गर्दै आतंककारीले कायर हर्कत गरेको जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्