२२ असार २०८३, सोमबार

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शो रुम सञ्चालनमा

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शो रुम सञ्चालनमा

नेपालमा टीभीएस टु व्हिलरको एकमात्र वितरक जगदम्बा मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्‌र्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।

नयाँ शोरुममा उद्घाटन कार्यक्रममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टीभीएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताए । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाइ छ । टीभीएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिइरहेको उनले बताए । 

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेत, प्रहरी उपरीक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायव उपरीक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका ३ र ४ का वडाअध्यक्षहरूको उपस्थिति थियो ।  

जगदम्बा मोटर्स प्रा. लि. टीभीएसको एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टीभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न सफल भएको कम्पनीको दाबी छ । टीभीएस उच्च गुणस्तरका उत्पादनहरू, सुलभ बिक्री–पछि सेवा र देशभरका उपभोक्ताहरूका लागि स्पेयर पाट्‌र्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुई पांग्रे ब्रान्ड बनेको जगदम्बाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्