
प्रहरीले सालकको खपटासहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ कपुरधाराबाट २ किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेंसी नगरपालिका–७ का २३ वर्षीय विजय तामाङलाई मंगलवार पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीका अनुसार झोलामा सालकको खपटा बोकेर बिक्रीवितरण गर्न हिँडेको अवस्थामा तामाङ पक्राउ परेका हुन् । प्रहरीले तामाङलाई कपुरधाराको प्रतीक्षालयबाट पक्राउ गरेको हो ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।