२६ असार २०८३, शुक्रबार

सांसदहरूले साना–साना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्छ : उपाध्यक्ष पौडेल

सांसदहरूले साना–साना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्छ : उपाध्यक्ष पौडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरूको रहेको बताएका छन् ।

बुधवार नेपाली कांग्रेसबाट १ नम्बर प्रदेशमा निर्वाचित स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन् ।

उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूला आयोजनाहरू मात्रै प्राथमिकता गर्ने र साना परियोजनाहरू स्थानीय तहमा नै दिने योजना रहेको बताए । उनले सांसदहरूले साना–साना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए । उनले स्थानीय जनप्रतिनिधिहरूले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिए ।

उनले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायहरूलाई सहयोग गरे अर्को पटक चुनाव लड्न सजिलो हुने बताए । उपाध्यक्ष पौडेलले जनप्रतिनिधिहरू सकेसम्म सबै जनताको बीचमा जान पनि सुझाव दिए ।

उनले भने, ‘स्थानीय तहले बजेट बनाउँदा विशेषमा एकदमै ध्यान दिनुपर्छ । ठूला नगरपालिकाहरूले पनि एउटा शीर्षकका लागि भनेर माग गरेको बजेट उल्टोपाल्टो गरेर पठाएको धेरै छ । जस्तो सडक निर्माणको लागि माग गरेको बजेट विशेष अन्तर्गत रहेको छ । त्यस्तो गर्दा पाउनेले पनि नपाएको हुन्छ । गाउँपालिको निर्णय भनेर योजना आयोगको उपाध्यक्षकोमा ल्याएर छोड्नुहुन्छ, त्यस्तो गरेर हुँदैन योजना आयोगको फर्मल च्यानलमा हाल्नुपर्छ । अहिले भविष्य नगरपालिकाहरूकै रहेको छ । माथि ठूला कामहरू मात्रै गर्ने भन्ने भएको छ । सांसदहरूले भित्रभित्रका साना सडक बनाउनु भने पनि त्यो बिस्तारै हट्छ । संघीय सरकार केन्द्रको अधिकारभित्र रहन्छ, त्यसैमा प्राथमिकता दिने हो । स्थानीय तहले पाउने राजस्वहरू पाउनुहुन्छ । योजना आयोगमा पैसा माग्न आउनु परेन । स्थानीय तहले जथाभावी खर्च गर्नु । पर्यटन क्षेत्रमा टिकट प्रणाली बनाउनु त्यो पैसा विपन्न तथा शिक्षा क्षेत्रमा हाल्नु । विपन्नलाई सहयोग गर्‍यो भने अर्को पटक चुनाव लड्न सजिलो हुन्छ । जनतालाई आफैं भेटेर सबैसँग छलफल गर्नुस् ।’

salt training

कमेन्ट गर्नुहोस्