३० जेठ २०८३, शनिबार

आगलागीका कारण ८ सय परिवार विस्थापित

आगलागीका कारण ८ सय परिवार विस्थापित

उत्तरी जावजान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरू भएको प्राकृतिक आगलागीबाट आठ सय भन्दा बढी परिवार विस्थापित भएका स्थानीय प्रहरी अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् ।

विस्थापित परिवारहरू जावजान प्रान्तको राजधानी शिबरघान सहर र छिमेकी बल्ख प्रान्ततर्फ प्रस्थान गरेको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सत्तार हलिमीले पत्रकारहरूलाई बताएका छन् ।

‘अगस्ट ८ मा शुरु भएको आगलागीले फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा सबैलाई घेरेको छ, प्रत्येक दिन पाँचदेखि छ घरहरू पूर्ण वा आंशिक रूपमा जलेको छ, र  एक सय २० आवासीय घरहरू खरानी भएका छन्,’  एक अधिकारीले जानकारी दिएका छन् ।

प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा आगलागीबाट ठूलो क्षति पुगेको छ । अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण भने खुल्न सकेको छैन । रासस
 

salt training

कमेन्ट गर्नुहोस्