२७ जेठ २०८३, बुधबार

अर्थ सचिव पुष्करले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

अर्थ सचिव पुष्करले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

अर्थ सचिव कृष्णहरी पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य पदको शपथ लिएका छन् ।

सरकारले राजस्व सचिव रहेका पुष्करलाई १ हप्ताअघि नै अर्थ सचिवको समेत जिम्मेवारी दिएको थियो । उनलाई गत विहीवारको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा नियुक्त गरेपछि उनले सोमवार पद बहाली गरेका थिए ।

अर्थ सचिव नेपाल राष्ट्र बैैंक सञ्चालक समितिको पदेन सदस्य हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार पुष्कर राष्ट्र बैंक सञ्चालक समितिको सदस्य भएकाले बुधवार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्