२५ जेठ २०८३, सोमबार

माओवादी केन्द्रले टुंगो लगायो कमिटीको संख्या र सदस्यको नाम, पदाधिकारीको प्रस्ताव भोलि

माओवादी केन्द्रले टुंगो लगायो कमिटीको संख्या र सदस्यको नाम, पदाधिकारीको प्रस्ताव भोलि
फाइल फोटो

नेकपा माओवादी केन्द्रले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने सबै नेताको नाम टुंगो लगाएको छ । 

बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय तहका समितिमा रहने नेताहरूको नाम टुंगो लगाएको छ । 

स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलका अनुसार अब माओवादी केन्द्रको स्थायी समिति ४३ जनाको हुनेछ । त्यसैगरी पोलिटब्युरोमा १२५ जना सदस्य रहनेछन् भने २६ जना वैकल्पिक पोलिटब्युरो सदस्य रहने भएका छन् । 

माओवादी केन्द्रले ३४१ जना केन्द्रीय समिति सदस्य रहने टुंगो लगाएको पोखरेलले बताए । केन्द्रीय कमिटीमा खाली रहेका ६ जनाको नाम पनि बुधवारको बैठकबाट टुंगो लागेको उनले बताए ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार विहान बस्ने स्थायी कमिटी बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने बताएका छन् । 

‘पदाधिकारी चयनको नीतिगत विषयमा आज पनि छलफल भएको छ । भोलि बस्ने बैठकमा अध्यक्षले पदाधिकारीको नाम प्रस्ताव गर्नुहुन्छ,’ पोखरेलले भने ।

salt training

कमेन्ट गर्नुहोस्