०८ साउन २०८३, शुक्रबार

काबुलको एक मस्जिदमा बम विष्फोट, २० जनाको मृत्यु, ४० जना घाइते

भदौ २, २०७९
काबुलको एक मस्जिदमा बम विष्फोट, २० जनाको मृत्यु, ४० जना घाइते
सांकेतिक तस्वीर

अफगानिस्तानको काबुलमा बम विष्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । 

काबुलस्थित एक मस्जिदमा बम विष्फोट हुँदा २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

विष्फोटमा परी ४० जना घाइते भएका छन् । 

विष्फोट  पछि सो इलाका तालिबानको सुरक्षा गार्डले शील गरेको बताइएको छ । 

समाचार तयार पार्दासम्म घटनाको जिम्मेवारी कसैले लिएका छैनन् । 

विगत केही महिनादेखि मस्जिदलाई निशाना बनाई हमला भइरहेको समाचार एजेन्सीहरूले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्