२८ जेठ २०८३, बिहीबार

होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै

होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै

होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको छ । इमजिङ नेपालको लगानीमा निर्माणकार्य भइरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो ।

कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोटमा निर्माण भएको ‘होटल एलिस’ ख्यातिप्राप्त धार्मिकस्थल मानसरोवर जाने प्रवेशद्वारमा पर्दछ । हुम्लामा पर्यटनका लागि थुप्रै रमणीय स्थलहरू रहेका छन् । पर्यटकको चाप बढेकाले सुविधासम्पन्न होटल निर्माण गरिएको इमजिङ नेपालले जानकारी दिएको छ । 

होटलले आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विभिन्न ट्राभल एजेन्सीहरूमार्फत व्यक्तिगत, कर्पाेरट प्याकेजसहितको सेवा प्रदान गर्ने जनाएको छ । मानसरोवर जाने तिर्थ यात्रीहरूको लागि हुम्लाको सिमिकोट प्रवेशद्वार भएकाले धार्मिक पर्यटन प्रबर्द्धनमा होटलले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको जनाएको छ । 

होटल पर्यटन र पारिवारिक जमघटको लागि अति उपयुक्त र रमणीय वातावरणमा सञ्चालन भएकाले पर्वतीय पर्यटन विकासमा कोसेढुंगा हुने होटलले विश्वास लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्