२१ जेठ २०८३, बिहीबार

तपाईं कत्तिको निदाउनु हुन्छ ? यी ५ थरीका समस्या हुनसक्छ  

कात्तिक २०, २०७४
तपाईं कत्तिको निदाउनु हुन्छ ? यी ५ थरीका समस्या हुनसक्छ  

निद्रा जीवनको महत्वपूर्ण पाटो हो । निद्रा पर्याप्त नपर्नु तथा नसुत्नुलाई रोगको मुहानको रूपमा पनि बुझ्न सकिन्छ । अनिद्रा विभिन्न रोगको कारण बनिदिन सक्छ, नयाँ पत्रिकामा खबर छ ।sleep

मधुमेह
अनिद्राका कारणले कर्टिसोल हर्माेनको उत्पादनमा वृद्धि हुन्छ । यो हर्माेनले शरीरमा चिनीको मात्रा बढाउँछ र निरन्तर बढ्दै गएमा मधुमेहको जोखिम निम्तिन्छ ।

मुटुरोग
अनिद्राका कारणले उच्च रक्तचापको समस्या पनि देखिने गर्छ । यो समस्या निरन्तर रहेमा मुटुसम्बन्धी रोगको जोखिम बढ्छ ।

पाचनमा समस्या
पाचन प्रक्रिया पूर्ण हुन तीनदेखि चार घन्टा लाग्छ । तर, अनिद्राले निम्त्याउने तनावका कारण पाचन प्रक्रिया ढिला हुने तथा पूर्ण पाचन नहुने समस्या हुन्छ । कालान्तरमा पाचन प्रणालीसम्बन्धी समस्या नै निम्त्याउँछ ।

मानसिक समस्या
अनिद्राका कारणले सम्झने शक्तिमा पनि ह्रास ल्याउँछ । मानसिक अस्थिरता, चिडचिडाहट, बढी रिस उठ्नेजस्ता मानसिक समस्या पनि आउँछन् ।

दिनचर्यामा परिवर्तन
अनिद्राको समस्याले बिहान उठ्दा ताजा महसुस नहुने, मध्य दिनमा निद्रा लाग्ने, काम गर्न मन नलाग्नेजस्ता समस्या हुन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्