०२ साउन २०८३, शनिबार

आजदेखि युरो कप बास्केटबल हुँदै

आजदेखि युरो कप बास्केटबल हुँदै
प्रतिकात्मक तस्वीर

युरो स्कूलको आयोजनामा युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमवारदेखि हुँदैछ ।

प्रतियोगितामा छात्रतर्फ १८ तथा छात्रातर्फ १२ टोलीको सहभागिता रहने युरो स्कूलकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइने छ । विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न अवसर दिनुका साथै प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताइन् ।

यू–१७ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताका खेल हात्तीगौडास्थित कोर्टमा खेलाइने छ । फाइनल खेल भदौ १३ गते हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्