१४ असार २०८३, आइतबार

एक महिनामा ८८ जना फरार अपराधी पक्राउ

एक महिनामा ८८ जना फरार अपराधी पक्राउ

प्रहरी परिसर काठमाडौंले एक महिनामा ८८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट फैसला भएर ११ वर्ष ७ महिना २८ दिन कैद भुक्तान गर्न बाँकी रहेका ८८ जनालाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालत पठाएको परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए । 

उनका अनुसार साउन महिनाको १ गतेदेखि ३१ गतेसम्म उनीहरू पक्राउ गरिएको हो । उनीहरुबाट ४१ लाख ९१ हजार ३३२ रुपैयाँ राजस्व असुल उपर गरिएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्