२१ जेठ २०८३, बिहीबार

हिप्को इन्फ्रा प्रालिले थाल्यो प्रि इन्जिनियर्ड बिल्डिङको उत्पादन

हिप्को इन्फ्रा प्रालिले थाल्यो प्रि इन्जिनियर्ड बिल्डिङको उत्पादन

हिप्को इन्फ्रा प्रालिले हिप्को सुपरबिल्डको उत्पादन थालेको छ । प्रि इन्जिनियर्ड बिल्डिङ (पीईबी)लगायत अन्य सामानको उत्पादन गर्दै आएको हिप्कोले हुलास स्टिल इन्डस्ट्रीजसँगको सहकार्यमा उत्पादन थालेको हो । 

पर्साको बेल्वामा स्थापना गरिएको कम्पनीबाट उत्पादन गरी बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ । उक्त उत्पादनले दैवीप्रकोपहरूबाट हुने भौतिक क्षतिलाई न्यूनीकरण गर्नुका साथै आधुनिक एवं ब्यवस्थित निर्माण हुने कम्पनीको दाबी छ । यो उत्पादनले निर्माण कार्य कम खर्चिलो, द्रुत गतिमा हुने कम्पनीको दाबी छ । 

हिप्को इन्फ्रा प्रा.लि. ले नेपालमा पहिलो पटक नयाँ प्रविधि, अन्तर्राष्ट्रिय मान्यताप्राप्त सफ्टवेयरहरूको प्रयोग गरेर उत्पादन गरिरहेको बताएको छ । अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड एएसटीएम, आईएस, एनबीसी, एमबीएमएअनुसार उच्च गुणस्तरको प्रि इन्जिनियर्ड बिल्डिङ र अन्य एसोसोरिजलगायत सीजेड पर्लिन, रुफिङ ट्रिम्स, डाउन स्पट, कर्भ सिट वार्षिक ५० लाख स्क्वायर फिट उत्पादन गर्ने कम्पनीले लक्ष्य लिएको छ । साथै यो कम्पनी नेपालको पहिलो पूर्ण एकीकृत पीईबी उत्पादक रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले उत्पादन गर्ने उक्त वस्तुहरुको प्रयोग गर्दा साना देखि ठूला परियोजनाहरु जस्तैः औद्योगिक कारखाना, वेयरहाउस, ब्यावसायिक भवन, आवासीय भवनलगायत अन्य थुप्रै संरचनाहरुको निर्माणमा गुणस्तरीय, सुरक्षित, कम खर्चिलोका साथै छिटो निर्माण सम्पन्न हुने बताइएको छ । पीईबीको प्रयोगले निर्माण समय तीन गुणा छिटो हुने कम्पनीको दाबी छ । यस कम्पनीको उत्पादनहरु प्रयोग गर्दा निःशुल्क परामर्श सेवा दिनेसमेत कम्पनीले जनाएको छ ।

कम्पनीले स्वदेशी उत्पादनहरूको प्रयोगले देशमा रोजगारी सिर्जना हुनुका साथै विदेशबाट आयात रोकिँदा विदेशी मुद्राको बचत हुने भएकाले स्वदेशी उत्पादन प्रयोग गर्न आग्रह गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्