२८ जेठ २०८३, बिहीबार

कान्तिमा हिमालयन बैंकको नगद संकलन काउण्टर स्थापना

कान्तिमा हिमालयन बैंकको नगद संकलन काउण्टर स्थापना

हिमालयन बैंक लिमिटेडले महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बै‌ंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर सञ्चालन गर्ने सम्झौता गरेको छ । 

बै‌ंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ । बै‌ंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ  । 

नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौता पत्रमा बै‌ंकका तर्फबाट बै‌ंकका महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका थिए । सो समारोहमा बै‌ंक तथा अस्पतालका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्