×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

‘हेभीवेट’को चपेटामा परेका नेताको कसरी हुँदैछ निर्वाचन क्षेत्र व्यवस्थापन ?

भदौ ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भदौ पहिलो साताभित्र सीट बाँडफाँडको खाका तयार गर्ने जिम्मेवारी पाएको सत्ता गठबन्धनको कार्यदल ‘हेभीवेट’ नेताको निर्वचन क्षेत्रको व्यवस्थापन कसरी गर्ने भनेर अलमलमा परेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कांग्रेस नेता प्रदीप गिरीको निधनका कारण आइतवार कार्यदलले छलफल गर्न सकेन । गठबन्धनले सहमतिको प्रस्तावित खाका ल्याउन कार्यदल संयोजक कृष्णप्रसाद सिटौलालाई जिम्मा दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेसम्म सिटौलाले सहमतिको प्रस्ताव ल्याउन सकेका छैनन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले २०७४ सालको चुनाव जितेको क्षेत्रलाई दाबीको पहिलो आधार बनाएका छन् ।


Advertisment
Nabil box
Kumari

‘यसअघि चुनाव जितेको ठाउँमा दलको पहिलो दाबी स्वाभाविक रहने भयो, तर कतिपय विशिष्ट क्षेत्र छन्, ती ठाउँमा मिलाउन प्रयास भइरहेको छ,’ कार्यदलका एक सदस्यले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

गठबन्धन दलका शीर्ष र प्रभावशाली नेताका निर्वाचन क्षेत्रको व्यवस्थापन गर्न कार्यदललाई कठिन परेको छ । 

केही यस्ता निर्वाचन क्षेत्र छन्, जहाँ ‘हेभीवेट’ नेताका कारण यसअघि चुनाव जितेका नेता अप्ठ्यारोमा परेका छन् । 

विश्वप्रकाश शर्मा र राम कार्की

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र झापा क्षेत्र– १ मा कसलाई टिकट दिने भन्ने विषयले गठबन्धनलाई ज्वरो आएको छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा शर्मालाई पराजित गरेका माओवादी नेता राम कार्की स्वाभाविक दाबेदार छन् । गठबन्धनको कार्यदलले बनाएको पहिलो मापदण्डमा यसअघि जितेको क्षेत्रमा दाबी गर्ने भन्ने छ । 

काठमाडौं– ५ बाट समेत चुनाव लड्ने भनेर भइरहेका चर्चालाई खण्डन गरेर विश्वप्रकाशले झापा– १ बाटै चुनाव लड्ने बताएका छन् । झापाका सडकलाई ‘अफ्रिकन सुन्दरीको गाला जस्तै चिल्लो’ बनाउने चुनावी नारा बनाएर तत्कालीन वामपन्थी उम्मेदवार कार्कीले शर्मालाई पराजित गरेका थिए । 

२०७४ सालको चुनावमा कार्कीले ३६ हजार १ सय ७३ मत प्राप्त गर्दा शर्माले ३३ हजार ३ सय १० मत पाएका थिए ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा वडास्तरको मतमा एमालेको अग्रता छ । एमालेले ३१ हजार २३२ मत पाउँदा  कांग्रेसले २४ हजार ५९ मत प्राप्त गरेको छ । राप्रपाले ५ हजार ९२२ मत ल्याउँदा माओवादीले ३ हजार ९०५ र नेकपा एसले १ हजार २५२ मत पाएका छन् । 

विश्वप्रकाश शर्मा

राजेन्द्र लिङ्देनको गृहजिल्ला झापामा राप्रपा माओवादीभन्दा बलियो छ । एमाले र राप्रपाबीच तालमेल भयो भने ३७ हजार १ सय ५४ मत एकातिर छ । कांग्रेस, माओवादी र एस गर्दा २९ हजार २ सय १६ मत छ । राप्रपासँग तालमेल नभएको अवस्थामा पनि गठबन्धनको भन्दा एमालेको भोट धेरै छ । 

स्थानीय तहको मतभन्दा पनि कस्तो उम्मेदवार भन्ने कुराले चुनावमा महत्त्व राख्छ । एमालेबाट रविन कोइराला उम्मेदवार बन्ने सम्भावना छ ।

मेचीनगरका पूर्व मेयर कोइरालाले संविधानसभा निर्वाचनमा पनि शर्मालाई पराजित गरेका थिए । झापा– १ बाटै चुनाव लड्ने तयारी गरेका शर्माले त्यहाँ सर्वेक्षण गरिरहेका छन् । 

‘विगतमा पराजय व्यहोरे पनि विश्वप्रकाशले झापाको  भूगोलमा राजनीति गरिरहनुभएको छ । यसपटक विश्वप्रकाशलाई चुनाव जिताउनु पर्छ भन्ने झापाली जनताको चाहना छ,’ कांग्रेसका एक जिल्लास्तरीय नेताले लोकान्तरसँग भने ।

स्थानीय तह निर्वाचनमा माओवादीले पाएको मत निकै कम रहेकाले यो क्षेत्रमा चुनाव जित्न विश्वप्रकाश शर्मा नै उपयुक्त हुने उनले दाबी गरे । विश्वप्रकाशले झापा– १ मा दाबी कायम राखेपछि राम कार्कीले अर्को निर्वाचन क्षेत्र रोज्नु पर्ने बाध्यता छ ।

रामचन्द्र पौडेल र किसान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा मिलाउन पनि गठबन्धनलाई धर्मसंकट आइलागेको छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वामपन्थी गठबन्धनका एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठले ३४ हजार ४ सय ९२ मत पाउँदा रामचन्द्र पौडेलले २७ हजार ६ सय ९० मत प्राप्त गरेका थिए ।

२०७८ साउन ३ गते प्रतिनिधि सभामा ‘फ्लोर क्रस’मार्फत शेरबहादुर देउवालाई विश्वासको मत दिएका श्रेष्ठ मन्त्री पद पाउने भएपछि माधव नेपालको पार्टीमा सामेल भएका थिए । 

२०४८ सालदेखि अविजित रहेका पौडेल एमालेका एक कनिष्ठ कार्यकर्तासँग पराजित हुनुपरेको थियो । 

तनहुँ– १ बाट अन्तिमपटक चुनाव जित्ने आकांक्षा राखेका पौडेलले चुनावको मिति घोषणा हुनुअगावै निर्वाचन क्षेत्रमा गतिविधि र तयारी थालेका छन् । 

रामचन्द्र पौडेल

स्थानीय तह निर्वाचनको मतलाई आधार मान्दा यो क्षेत्रमा नेपाली कांग्रेस बलियो छ भने एकीकृत समाजवादीको मत नगण्य छ । कांग्रेसले ३३ हजार १०६ मत पाउँदा नेकपा एसले ८ सय ९२ मत मात्र पाएको छ ।

‘नेकपा एसको प्रभाव शून्यप्रायः रहेकोले तनहुँ– १ बाट रामचन्द्र पौडेल नै उम्मेदवार हो । चितवनलगायतका क्षेत्रबाट अफर आउँदा पनि रामचन्द्र दाइले छाड्नुभएन,’ पौडेलनिकट एक नेताले भने । 

नेकपा एसले भने यसअघिको चुनावलाई सीट बाँडफाँडको आधार बनाउँदा तनहुँ– १ आफूले पाउनुपर्ने दाबी गरेको छ ।

स्रोतका अनुसार तनहुँ – १ मा टिकट नपाउने अवस्थामा श्रेष्ठले बाराबाट चुनाव लड्ने योजना बनाएका छन् । उनको व्यापार बारामा छ ।

केपी ओली प्रधानमन्त्री रहेको समयमा सांसद डा. सुरेन्द्र यादव अपहरणमा सहभागी भएको आरोप श्रेष्ठमाथि लाग्दै आएको छ । 

सरकारबाट फिर्ता बोलाइएकोमा असन्तुष्ट श्रेष्ठ पुनः एमालेमा फर्किने टिकाटिप्पणी भएपनि एसका नेताहरूले त्यो सम्भावना नरहेको भन्दै खण्डन गरेका छन् । 

अग्नि सापकोटा र मोहन बस्नेतको टसल 

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले चुनाव जितेको सिन्धुपाल्चोक– १ पनि सत्ता गठबन्धनका लागि टाउको दुखाइको विषय बनेको छ, जहाँ कांग्रेसका ‘बाहुबली’ उम्मेदवार मोहनबहादुर बस्नेत दाबेदार छन् ।

वाम गठबन्धनका माओवादी उम्मेदवार सापकोटाले ४० हजार ५ सय ५ मत पाउँदा कांग्रेसका बस्नेतले २९ हजार ७ सय ९८ मत पाएका थिए । 

चुनावमा पराजित भएपनि सिन्धुपाल्चोकमा बस्नेतको हैकम कायम छ । बस्नेतले सभामुख सापकोटाविरुद्ध आक्रामक भाषण गर्ने गरेका छन् । उनको घमण्ड तोड्न पनि वामपन्थी दलहरू एक ठाउँमा उभिने अवस्था आउने गरेको छ ।

सिन्धुपाल्चोकका वामपन्थी घटकहरू केन्द्रको हस्तक्षेप नभएमा एक–एक सीट बाँड्ने गरी तालमेलको पक्षमा छन् । विगत चुनावमा जितेको र सभामुख भइसकेका कारण सापकोटाले टिकट पाउने सम्भावना ज्यादा छ ।

अग्नि सापकोटा

सापकोटा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासिला पात्र हुन् । पार्टी विभाजनको समयमा दह्रो साथदेखि रिफ्रेसमेन्टका लागि प्रचण्डलाई सुकुटे बिचमा लैजाने प्रबन्ध सापकोटाले नै मिलाउँदै आएका छन् । उनलाई टिकट दिलाउन प्रचण्डले हदैसम्मको कोशिश गर्ने बुझ्न सकिन्छ ।

स्थानीय तह निर्वाचनको मतका आधारमा सिन्धुपाल्चोक– १ मा कांग्रेस पहिलो र माओवादी तेस्रो शक्ति छन् । कांग्रेसले ३४ हजार ७६१ मत पाउँदा माओवादीले १९ हजार ३४४ मत प्राप्त गरेको थियो । 

नेकपा एमालेले २७ हजार ५९ मत पाउँदा नेकपा एसले २ हजार ३११ र राप्रपाले १ हजार २३९ मत पाएको छ ।

स्थानीय तह निर्वाचनको मतलाई आधार बनाएर कांग्रेसले यो क्षेत्रमा दाबी गरिरहेका छ । गठबन्धनका लागि सबैभन्दा चुनौतीपूर्ण यही क्षेत्र बनिरहेको छ । भागबण्डा कसरी मिल्छ, अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।

विरोध खतिवडा कि महालक्ष्मी उपाध्याय डिना ?

कांग्रेस पदाधिकारीमा एकमात्र महिला रहेकी महालक्ष्मी उपाध्याय डिनाको निर्वाचन क्षेत्र मकवानपुर– २ को टुंगो लगाउन पनि गठबन्धनलाई सकस परेको छ । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनका एमाले उम्मेदवार विरोध खतिवडाले डिनालाई पराजित गरेका थिए । 

त्यो बेला खतिवडाले ४४ हजार ७ सय ४४ मत ल्याउँदा डिनाले ३२ हजार ६ सय ५८ मत पाएकी थिइन् ।

विरोध खतिवडा

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा मकवानपुर– २ मा एमालेको मत धेरै छ । तर, गठबन्धनको भोट जोड्दा एमालेको भन्दा धेरै हुन्छ ।

एमालेले ३६ हजार ८ सय ६६ मत पाउँदा कांग्रेसले ३४ हजार २ सय ४० र माओवादी केन्द्रले २२ हजार ६ सय ७ मत प्राप्त गरेका छन् ।

नेकपा एसले मकवानपुर २ लाई बागमती प्रदेशमा आफूले पाउनु पर्ने सीटको अग्रपंक्तिमा राखेको छ । तर स्थानीय निर्वाचनमा उसले पाएको पार्टीगत मत भने २ हजार ७ सय १९ मात्र छ ।

नारायणकाजी र बाबुराम

गोरखा जिल्लाका दुई ‘हेभीवेट’ नेता नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्र गोरखा २ मा पनि कसरी भागबण्डा मिल्छ भन्ने चर्चा शुरू भएको छ ।

राष्ट्रिय सभा सदस्य रहेका नारायणकाजीले अहिलेसम्म प्रतिनिधि सभा चुनावमा लड्ने/नलड्ने बताएका छैनन्, तर गोरखाका माओवादी नेताहरू भने नारायणकाजी चुनाव लड्न आउने विश्वासमा छन् । यो क्षेत्रको विवाद मिलाउने झञ्झट भने कार्यदलभन्दा पनि प्रचण्डको काँधमा छ । 

हँसिया हथौडा चिह्नबाट चुनाव लड्ने सहमति गरेका बाबुराम प्रत्यक्षमा चुनाव लडे गोरखा २ बाटै लड्ने बताउँदै आएका छन् । आफू नलडे सो क्षेत्रबाट छोरी मानुषी यमी भट्टराईलाई चुनाव लडाउन खोजिरहेका छन् भन्ने चर्चा पनि चलेको छ । नारायणकाजीले पनि दाबी गरे भने यो क्षेत्र मिलाउन कठिन पर्ने देखिन्छ ।

बाबुराम भट्टराई

अघिल्लोपटक यही क्षेत्रको विवादका कारण बाबुराम वाम गठबन्धनबाट अलग भएका थिए । गोरखा– २ मा बाबुरामलाई सघाएर उनकै सहयोगमा कांग्रेसले रसुवामा जीत हात पारेको थियो । 

त्यतिबेला बाबुरामले ३१ हजार ८ सय ७ भोट पाउँदा वाम उम्मेदवार नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका थिए ।

‘गोरखामा बाबुराम ब्रान्ड’सँग चुनाव लड्न नसकिने रहेछ भनेर हिँडेका नारायणकाजी अहिले राष्ट्रिय सभा सदस्य छन् । बाबुरामको क्षेत्रमा माओवादी बलियो छ भने हाराहारीमा कांग्रेस छ । 

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादीले २२ हजार २५० मत पाउँदा कांग्रेसले २१ हजार १३६ मत पाएको थियो । एमालेको ७ हजार ९२६, बाबुरामको पार्टीको ७ हजार ५०४ र राप्रपाको ८७८ मत छ । गोरखा– २ मा गठबन्धनको भोट ५० हजार छ भने एमाले र राप्रपाको भोट जोड्दा झण्डै साढे ८ हजार मात्र पुग्छ । 

वामदेव कि दुर्गा पौडेल ?

सत्ता गठबन्धनका लागि सीट बाँडफाँडमा नयाँ टाउको दुखाइको विषय बनेको छ– प्युठान । 

पाँचदलीय गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाका लागि जीवनमरणको सवाल भएको प्युठानबाट चुनाव लड्नका लागि वामदेव गौतमले रुचि देखाएपछि गठबन्धनलाई सकस परेको हो ।

पाँचदलीय गठबन्धनका शीर्ष नेताको बैठकमा उपस्थित हुने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल यहीँबाट दोहोर्‍याएर चुनाव लड्न खोज्दैछिन् । चुनावमा तालमेल गर्ने सहमति पत्रमा उनैले हस्ताक्षर गरेकी छिन् । 

यता, राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर गौतम हँसिया हथौडा चिह्नमार्फत प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन् ।

राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न नपाउने भएपछि गौतम प्रतिनिधि सभामा चुनाव लड्न खोजेका हुन् । 

वामदेव गौतम

‘भावी प्रधानमन्त्री’का आकांक्षी मध्येका एक ‘हेभीवेट’ उम्मेदवार गौतम र पौडेललाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय गठबन्धनमा पेचिलो बनेको छ । 

२०७४ सालको चुनावमा जनमोर्चाकी दुर्गा पौडेल ४७ हजार ५ सय १४ मतसहित विजयी हुँदा कांग्रेसका डा. गोविन्द पोखरेलले ३१ हजार २ सय ८६ मत पाएका थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा प्युठानमा कांग्रेस र माओवादीले समान ३ पालिका जित्दा एमाले दुई स्थानमा खुम्चिएको छ । 

तर, भोटका आधारमा नेकपा एमाले अग्रस्थानमा छ । नेकपा एमालेले ३९ हजार ८७७ मत पाउँदा कांग्रेसले २१ हजार ५६४ मत पाएको छ । माओवादीले १७ हजार १ सय ६३ र जनमोर्चाले १३ हजार ६ सय १२, एकीकृत समाजवादीले १ हजार ४ सय १७ र राप्रपाले ४ सय ३३ मत पाएका छन् । गठबन्धनको मत एक ठाउँमा जोड्दा ५३ हजार ७ सय ५६ हुन्छ । 

नुवाकोट– १ को विकल्प खोज्नुपर्ने बाध्यतामा रामशरण महत

पूर्व अर्थमन्त्री रामशरण महत र पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङको क्षेत्र नुवाकोट– १ पनि यसपटक गठबन्धनका लागि टाउको दुखाइ बनेको छ ।

पार्टीगत मत हेर्दा नुवाकोटमा २ मध्ये एउटा क्षेत्र माओवादीलाई दिनै पर्ने बाध्यता छ । यसअघि आफूले जितेको क्षेत्र भएका हिसाबले माओवादीले नुवाकोट– १ दाबी गरेको छ ।

२०७४ मा वाम गठबन्धन हुँदा माओवादीका हितबहादुर तामाङ ३६ हजार ४७३ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका प्रभावशाली नेता रामशरण महतले २७ हजार ९२० मत मात्र पाए । यो क्षेत्रमा २०६४ मा माओवादी र २०७० मा कांग्रेसले जितेका थिए ।

रामशरण महत

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले २८ हजार ९६२, माओवादीले २३ हजार २००, एमालेले १८ हजार २६७, राप्रपाले ४ हजार ७८ र एकीकृत समाजवादीले २ हजार २४५ मत ल्याएका छन् ।

पार्टीगत भोटमा कांग्रेस केही अगाडि देखिए पनि यो क्षेत्र माओवादीले नै पाउने सम्भावना छ । हितबहादुर तामाङको जातीय र माओवादीको संगठनात्मक भोट हिसाब गर्दा माओवादी एक्लै नै प्रतिस्पर्धामा आउने हैसियतमा छ ।

तामाङले टिकट पाउँदा महतलाई समानुपातिक वा अन्य कुनै क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने बाध्यता आइपरेको नुवाकोटका एक नेता बताउँछन् । त्यसो त रामशरण महत पछिल्लो समय राजनीतिक रूपमा खासै सक्रिय पनि देखिएका छैनन् ।

डोटीमा आले कि बलायर ?

सत्ता गठबन्धनका लागि सीट बाँडफाँडमा समस्या रहेको अर्को क्षेत्र हो, डोटी । एउटै मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा पूर्वमन्त्रीद्वय वीरबहादुर बलायर र प्रेमबहादुर आलेमध्ये एक जनाले मात्र टिकट पाउने अवस्था छ । बलायर नेपाली कांग्रेसका सूदुरपश्चिम प्रदेश सभापति हुन् भने आले सत्ता साझेदार दल एकीकृत समाजवादीका नेता हुन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट सम्बन्ध रहेका बलायर देउवा पहिले प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार मन्त्री बनेका थिए । आले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारमा वन मन्त्री र देउवा नेतृत्वको वर्तमान सरकारमा पर्यटन मन्त्री भइसकेका नेता हुन् । एमाले विभाजन र देउवा नेतृत्वको सरकार गठनमा आलेको पनि भूमिका छ ।

प्रेम आले

अघिल्लोपटक यी दुई नेता आमनेसामने हुँदा आलेले बाजी मारेका थिए । तत्कालीन वाम गठबन्धनका एमाले उम्मेदवार आलेले ३२ हजार ५१० मत ल्याउँदा कांग्रेस उम्मेदवार बलायरले ३० हजार ८७५ मत ल्याएका थिए ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणम हेर्दा डोटीमा कांग्रेसको अवस्था निकै सुदृढ छ ।

वडाध्यक्षहरूले ल्याएको मतलाई आधार मान्दा कांग्रेसले ३४ हजार ४७, एमालेले २४ हजार ९१६, माओवादीले ७ हजार ७८९ र नेकपा एकीकृत समाजवादीले ३ हजार २०५ मत ल्याएका छन् । कांग्रेसको तुलनामा एकीकृत समाजवादीको मत निकै कम रहेकाले पनि पहिले जितेको क्षेत्र भएकै आधारमा छाड्न नसकिने कांग्रेस नेताहरू बताउँछन् ।

देउवा र माधव नेपालबीच सहमति भएर केन्द्रबाट हस्तक्षेप गर्दाको अवस्थामा मात्र डोटीको भागबण्डा मिल्न सक्छ । त्यस्तो अवस्थामा आले वा बलायरलाई अन्यत्र कतै व्यवस्थापन गर्नुपर्ने हुनसक्छ । डोटीमा कसले टिकट पाउँछ, अहिल्यै यकिन भइसकेको छैन ।

धादिङ– १ मा राजेन्द्र पाण्डे कि शालिकराम जमरकट्टेल ?

अघिल्लोपटक वाम गठबन्धनबाट एमाले उम्मेदवार भूमि त्रिपाठीले जितेको धादिङ क्षेत्र नम्बर १ मा पनि गठबन्धन दलबीच भागबण्डा मिलाउन मुस्किल छ ।

वामपन्थीहरूको निकै बलियो प्रभाव रहेको यस क्षेत्रमा माओवादी र एकीकृत समाजवादी दुवैले दाबी गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र उनैको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री रहेका माओवादीका प्रभावशाली युवा नेता शालिकराम जमरकट्टेल टिकटका आकांक्षी हुन् ।

राजेन्द्र पाण्डेको पुरातन क्षेत्र तत्कालीन धादिङ– ३ को सिंगै भूभाग अहिले धादिङ क्षेत्र नम्बर १ मा पर्छ । निर्वाचन क्षेत्र पुनरसंरचनाका क्रममा जिल्लालाई २ वटा क्षेत्रमा सीमित गर्दा तत्कालीन ३ नम्बर क्षेत्र पूरै र २ को आंशिक भूभाग समेटेर क्षेत्र नम्बर १ बनाइएको थियो ।

राजेन्द्र पाण्डे

पहिलेदेखि नै पाण्डेले जित्दै आएको क्षेत्रमा २०६४ सालमा जमरकट्टेले प्रभावशाली जीत दर्ता गरेका थिए । २०७० मा पाण्डेले विरासत फर्काए ।

२०७४ मा एमाले र माओवादी मिलेर वाम गठबन्धन हुँदा दुवै नेता प्रदेशमा खुम्चिनुपर्‍यो । धादिङका दुवै क्षेत्र एमालेको भागमा परेपछि जमरकट्टेल प्रदेशमा बस्नुको विकल्प थिएन भने टिकट बाँडफाँडमा अध्यक्ष ओलीले आफूपक्षीय नेताहरूलाई मात्र प्राथमिकता दिँदा पाण्डे पनि प्रदेशमा खुम्चिन बाध्य भए । एमालेमा छँदै मुख्यमन्त्रीका दाबेदार रहेका पाण्डे पार्टी विभाजनपछि मात्र मुख्यमन्त्री बनेका हुन् ।

धादिङ– २ कांग्रेसले पाउने पक्कापक्की जस्तै रहेकाले धादिङ– १ मा कांग्रेसले दाबी गरेको छैन । त्यसो त २०६४ यता नै यो क्षेत्रमा कांग्रेसको हैसियत तेस्रो हो । एमाले र माओवादी मिलेर नेकपा बन्दा मात्र कांग्रेस दोस्रो हैसियतमा आएको थियो ।

शालिकराम जमरकट्टेल

हालै सम्पन्न स्थानीय तह निर्वाचनको वडागत मत नियाल्दा यस क्षेत्रबाट एमालेले ३७ हजार ७७८ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले २४ हजार ९२५, तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ हजार ४२३ र चौथो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले ८ हजार ८३६ मत ल्याएका छन् ।

पार्टीका उपाध्यक्ष पाण्डेको पुरानो निर्वाचन क्षेत्र र उनको व्यक्तिगत प्रभाव समेत रहेको भन्दै एकीकृत समाजवादीले धादिङ– १ लाई बटमलाइन बनाउने सम्भावना छ भने यस क्षेत्रमा गठबन्धन सहयात्री दलमध्ये आफू सबैभन्दा बलियो रहेको दाबी माओवादीले गर्दै आएको छ ।

यस क्षेत्रमा पनि प्रचण्ड र माधव नेपाल बसेर मात्र भागबण्डा टुंग्याउन सक्छन् । कुनै एक नेतालाई मुख्यमन्त्री बनाउने गरी प्रदेशमा राखेर एक जनालाई संघको टिकट दिने सम्भावना छ ।

अघिल्लोपटक यस क्षेत्रमा वाम गठबन्धनका तत्कालीन एमाले उम्मेदवार भूमि त्रिपाठीले ४९ हजार १२१ मत ल्याउँदा कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत पाएका थिए ।

दुई उम्मेदवारबीचको मतान्तर नै २७ हजार १ सय ५३ थियो ।

पढ्नुहोस् यो पनि :

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x