२७ जेठ २०८३, बुधबार

एभरेष्ट बैंक र फोकसवान पेमेन्टबीच व्यावसायिक सम्झौता

एभरेष्ट बैंक र फोकसवान पेमेन्टबीच व्यावसायिक सम्झौता

एभरेष्ट बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच भुक्तानी सेवा सम्झौता भएको छ । फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेड बीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको हो । 

सम्झौताअनुसार एभरेष्ट बैंकका ग्राहकहरूले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी, उक्त कार्डहरूबाट विभिन्न सेवाहरू जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानीलगायतका सेवाहरू प्रयोग गर्न सक्नेछन् । 

यसैगरी बैंकका ग्राहकहरूले मोको मार्फत स्क्यान टू पे माध्यमबाट १ हजार ५०० भन्दा बढी मर्चेन्टकोमा भुक्तानीसमेत गर्न सक्नेछन् । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ । स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् । 

बैंकले देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्