२२ जेठ २०८३, शुक्रबार

सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा कालिमाटीमा वृक्षरोपण कार्यक्रम

सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा कालिमाटीमा वृक्षरोपण कार्यक्रम

सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो १०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कालिमाटीस्थित जनप्रभात माध्यमिक विद्यालयमा वृक्षरोपण गरेको छ । यस अवसरमा स्वच्छ र हरियालीका लागि दिगो जीवन र व्यक्तिगत जिम्मेवारी प्रवद्र्धन गर्ने उद्देश्यले रुख र फूलसहित २५० भन्दा बढी बिरुवा रोपिएको थियो । 

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा सिद्धार्थ  क्यापिटल लिमिटेडका कर्मचारी, जनप्रभात माविका विद्यार्थीलगायत करिब ९० जनाको सहभागिता रहेको थियो । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा समाजको हितलाई प्रवद्र्धन गर्ने उद्धेश्यले अन्य गतिविधिहरूको पनि योजना बनाएको छ । 

सिद्धार्थ क्यापिटल लिमिटेड, सिद्धार्थ बैंक लिमिटेडको ५१ प्रतिशत सेयर रहेको सहायक कम्पनी हो । सामूहिक लगानी कोष नियमावली २०६७ अन्तर्गत म्युचअल फण्ड सञ्चालन गर्ने पहिलो कम्पनी बनेको सिद्धार्थ क्यापिटल लिमिटेडले २८ सेप्टेम्बर २०१२ मा औपचारिक रूपमा आफ्नो व्यवसायिक कारोबार शुरू गरेको थियो । 

देशमा उद्योग स्थापना गर्न नेतृत्वदायी भूमिका खेलेको कम्पनीले आफ्नो सञ्चालन र नविन सेवाहरुमार्फत नेपाली जनताको समृद्धिमा विगत १० वर्षदेखि विशेष यागदान पुर्‍याउँदै आएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्