२८ जेठ २०८३, बिहीबार

‘बाई–अप’ले ओलम्पिक कमिटीलाई प्रायोजन गर्ने

‘बाई–अप’ले ओलम्पिक कमिटीलाई प्रायोजन गर्ने

बाई–अप होल्डिङ कम्पनी’ ले १९औँ एसियाली खेलकुद (ओलम्पिक)मा सहभागी हुने नेपाली टिमका लागि पोशाकको प्रायोजन गर्ने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) र बाई अपबीच यस सम्बन्धी सम्झौतामा सोमवार हस्ताक्षर भएको छ । 

ओलम्पिक चीनको हाङचाउमा सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुँदैछ । सम्झौतामा एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठ र हङकङ–चीनको बाई–अपका सीओओ स्टेवार्ड छ्यङ्गले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बाई–अपले एसियाली खेलकुदमा सहभागी हुने सम्पूर्ण टिमका सदस्यलाई खेल पोशाक प्रदान गर्नेछ । खेल पोशाकमा ट्रयाकसुट, टी–सर्ट, पोलो टी–सर्ट, स्पोर्टस् सुज, सट्स, मोजा, टोपी, झोला र रुमाल पर्छ । सम्झौताअनुसार बाई अपले एनओसलाई एसियाली खेलकुद शुरू हुन अगाडि ४ सय ५० थान खेल पोशाक हस्तान्तर गर्नेछ । 

बाई अपले यसअघि सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदका बेला पनि खेल पोशाक प्रदान गरेको थियो । 

त्यस अवसरमा महासचिव श्रेष्ठले प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टिमको एकै ढाँचाको डिजाइन हुने बताए । उनले बाई–अप कम्पनीसँगको सम्झौता अबका वर्षमा पनि कायम हुने विश्वास व्यक्त गर्दै उच्च गुणस्तरको पोशाकको प्रायोजनले नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनमा सहयोग पुग्ने बताए । 

त्यस्तै बाई–अपका सीओओ छ्यङ्गले एसियाली खेलकुदमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन हुने विश्वास व्यक्त गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्