३१ जेठ २०८३, आइतबार

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक पारित

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक पारित

सुदूरपश्चिम प्रदेशसभाले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

यो विधेयक पारित भएसँगै प्रदेश सञ्चित कोष र अन्य सरकारी कोषको सञ्चालन तथा व्यवस्थापन, लेखा परीक्षण, निकासा तथा खर्चलगायतका कामलाई व्यवस्थित गर्न बाटो खुलेको छ । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्य बलबहादुर सोडारी, पठानसिंह बोहरा र मालामती रानाथारूले भाग लिएका थिए ।

आजकै बैठकमा सुदूरपश्चिम सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि भएको सामान्य छलफलमा प्रदेशसभा सदस्य सुशीला बुढाथोकी, महेशदत्त जोशी, श्यामलाल रानाथारू र मालामती रानाथारूले भाग लिए । यसअघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरीले उक्त विधेयकमाथि समान्य छलफल गरियोस् भनी पेस गर्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्