२२ असार २०८३, सोमबार

नवौं राष्ट्रिय खेलकुदका लागि तनहुँमा भदौ ९ गतेदेखि खेलाडी छनौट हुने

नवौं राष्ट्रिय खेलकुदका लागि तनहुँमा भदौ ९ गतेदेखि खेलाडी छनौट हुने
प्रतिकात्मक तस्वीर

गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनौट गर्ने भएको छ । 

जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी प्रतियोगिताका लागि खेलाडी छनौट गरिने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद्बाट तोकिएका ३६ खेलमध्ये १४ खेलको विशेष प्रशिक्षण र २२ खेलको प्रतियोगिता नै सञ्चालन गरी खेलाडी छनौट गरिने उनले बताए ।

भदौ ९ गते उसुको घिरिङमा, भदौ ९ गते बक्सिङको खैरेनीटारमा र भदौ ९ गते नै क्रिकेटको निर्मल माविमा खेल सञ्चालन गरिने जनाइएको छ । भदौ १० गते फूटबल, भलिबल, ब्याडमिन्टन, एथलेटिक्स, कबड्डीको  दमौली र तेक्वान्दोको खैरेनीटारमा खेल सञ्चालन गरिनेछ । 

भदौ ११ गते भलिबल, बास्केटबल, टेबलटेनिस, बुद्धिचाल, र कराँतेको दमौलीमा, आइटिएम तेक्वान्दोको भिमाद र फुल कन्ट्याक्ट कराँतको शुक्लागण्डकीमा खेल सञ्चालन हुने कार्यतालिका सार्वजानिक गरिएको छ । 

करीब ४ दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विक्रम संवत् २०४० सालमा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौं संस्करण आयोजनाको मौका मिलेको हो । 

राष्ट्रिय खेलकुदमा २ प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्