२४ जेठ २०८३, आइतबार

अचानक बदलियो एक मजदुरको भाग्य, यसरी कमाउँछन् महिनामा झण्डै ३ करोड

अचानक बदलियो एक मजदुरको भाग्य, यसरी कमाउँछन् महिनामा झण्डै ३ करोड

एक मजदुर जसलाई घरमा एक छाक खान पनि मुस्किल थियो । पैसाकै कारण उनलाई १५ वर्षको उमेरमै स्कुलबाट निकालियो । जीवन यापनका लागि उसले किराना स्टोरमा काम शुरू गरे । त्यही व्यक्ति आज महिनामा झण्डै ३ करोड रुपैयाँभन्दा बढी कमाइरहेका छन् । आलिशान घरमा बस्छन् र महँगा स्पोर्टस् कारमा घुम्छन् । उनको ग्यारेज महँगा कारहरूले भरिएको छ । 

‘एटीएम किङ’को नामले चर्चित उनी जस्टिन गिलमोर हुन् । उनी अमेरिकामा बस्छन् । अमेरिकाभर उनी एटीएम मेसिन अपरेशनका लागि प्रख्यात छन् । सोही काम गरेर उनले २ लाख ४० हजार डलर (नेपाली रुपैयाँ २ करोड ८८ लाख) भन्दा बढी कमाउँछन् । उनी अहिले जम्मा ३८ वर्षका छन् । उनी अब बिटक्वाइनको कारोबारमा संलग्न हुनेबारे सोचिरहेका छन् । 

जस्टिन र उनका भाइ बहिनीको पालन पोषण उनकी आमाले एक्लै गरेकी थिइन् । त्यसबेला उनीहरू अमेरिकी शहर एटलान्टामा बस्थे । जस्टिनलाई आफ्नी आमा सान्द्राले घर खर्च निकै मुस्किलले चलाउने गरेको आज पनि याद छ । त्यसबेला उनीहरूसँग बिहान–बेलुकी खाने समेत पैसा थिएन । त्यसबेला उनीहरू खानाका लागि हजुरबुबासँग जाने गरेका थिए । 

जस्टिनले भने, ‘मेरी आमा सन्त हुनुहुन्थ्यो, तर समय हाम्रा लागि निकै कठिन थियो । घरमा बिजुली गएपछि नुहाउनका लागि स्टोभमा पानी तताउनुपथ्र्यो । उक्त पानीलाई बाथटबमा राखेर हामी तीनैजना सँगै नुहाउथ्यौँ ।’ 

उनले आफूलाई पैसाकै कारण स्कुलबाट १५ वर्षको उमेरमा निकालिएका बताए । त्यसैले आफूलाई जीवनमा केही राम्रो गर्नुपर्छ भन्ने हौसला मिलेको उनको भनाइ छ । 

स्कुलबाट निकालिएपछि जस्टिनले स्थानीय एक किराना स्टोरमा काम गर्न थाले । उनी त्यहाँ काम गर्दा करिब ३५० रुपैयाँ प्रतिघण्टा कमाउँथे । उनलाई प्रतिघण्टाका दरले पारिश्रमिक दिइन्थ्यो । उनले त्यहाँ २ वर्षसम्म काम गरे । त्यसपछि उनलाई उक्त स्टोरको रात्रिकालीन म्यानेजर बनाइयो । 

तर, उनले तत्कालै काम छाडे र आफैले स्वरोजगारमूलक काम गर्न थाले । उनले कारमा पिज्जा बेच्ने काम गरे । उनको ब्यापार रफ्तारमा चल्न थाल्यो । उनी एक दिनमा १०० वटासम्म पिज्जा बेच्थे । 

सन् २००४ मा उनी पिता बने । पिता बनेपछि उनले नयाँ ब्यापार योजना बनाए । उनले एटीएमको ब्यापारमा हात हाले । उनले आफू बसेको क्षेत्रमा एटीएम नभएको मौकाको फाइदा उठाए । उनले त्यहाँ निशुल्क एटीएम मेसिन लगाउने प्रस्ताव गरे । 

त्यसपछि उनको व्यापार रफ्तारमा बढ्यो । आफ्नो ब्यापारबारे जस्टिन भन्छन्, ‘सजिलो भाषामा भन्नुपर्दा हामी हाम्रा एटीएम मेसिनमार्फत त्यस्ता कम्पनीहरूलाई कारोबार गर्न दिन्छौँ, हामी ग्राहकहरूलाई बैंकसँग जोड्छौँ र त्यसवापत सेवा शुल्क लिन्छौँ ।’ 

अमेरिकाभर जस्टिनको ६०० एटीएम मेसिन छ । उनी २ हजार एटीएम मेसिनको प्रोसेसिङ सम्हालिरहेका छन् । उनी अहिले बिटक्वाइनको एटीएम मेसिन जडान गर्नेबारे काम गरिरहेका छन् । उनी नोटलाई क्रिप्टोकरेन्सी र क्रिप्टोकरेन्सीलाई नोटमा रुपान्तरण गर्न चाहन्छन् । 

salt training

कमेन्ट गर्नुहोस्