![सप्तरीमा तस्कर र प्रहरीबीच झडप, ३ जना प्रहरी घाइते ३ राउण्ड हवाई फायर [भिडियाेसहित]](https://lktcdn2.prixacdn.net/media/295554816_1400546857107447_463756850911708126_n_B5PkPWE8nO.png)
सप्तरीमा तस्कर र प्रहरीबीच मंगलवार झडप भएको छ । सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीमा तस्कर र प्रहरीबीच झडप हुँदा ३ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तस्करले गरेको ढुंगामुढाबाट ३ जना प्रहरी घाइते भएका छन् भने ३ राउण्ड हवाई फायर गरेको डीएसपी काफ्लेले लोकान्तरलाई बताए । ‘तस्करी भएको सूचनाका आधारमा प्रहरी त्यहाँ जाँदा तस्करहरूले ढुंगामुढा गरेर प्रहरी घाइते भएका छन्,’ डीएसपी काफ्लेले भने, ‘हामीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेका छौँ ।’
डीएसपी काफ्लेका अनुसार अहिले प्रहरीले थप टोली पठाएर तस्करीका सामानहरू बरामद गरेको छ । भन्सार विभागको टोली पनि घटनास्थलमा पुगेको छ ।
हेर्नुहाेस् भिडियाे