×

NIC ASIA

अनिश्चिततामा लालबाबुको मुख्यमन्त्री पद

मधेशका मुख्यमन्त्रीसँग राजीनामा मागिएको चर्चा : मिडिया ट्रायल कि उपेन्द्रको चुनावी कार्ड ?

भदौ ७, २०७९

Prabhu Bank
NTC
Premier Steels

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग राजीनामा मागेको चर्चाले अहिले मधेश प्रदेश तरंगित भएको छ ।

Muktinath Bank

शुरूमा यादवले मुख्यमन्त्रीलाई राजीनामा दिन भनेको समाचार सोमवार साँझ सञ्चारमाध्यमहरूमा एकसाथ प्रकाशित भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बिहान हुन नपाउँदै यादवले आफूले राजीनामाका लागि आग्रह नगरेको प्रतिक्रिया दिएको भन्दै समाचार बाहिरियो ।


Advertisment
Nabil box
Kumari

लोकान्तरसँगको कुराकानीमा यादवले यस विषयमा प्रतिक्रिया दिन चाहेनन् । तर जसपाका प्रवक्ता मनिष सुमन भने अध्यक्ष यादवले मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएको बताउँछन्। 

Vianet communication

'पछिल्लो समयदेखिका बेथितिहरूप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष यादवले मुख्यमन्त्री राउतलाई राजीनामा गर्न भन्नुभएको हो,' सुमनले लोकान्तरसँग भने ।

अध्यक्ष यादवलाई नै कोट गर्दै मंगलवार बिहान आएका समाचारप्रति भने उनले अनभिज्ञता प्रकट गरे । 'मलाई त्यस विषयमा केही थाहा छैन । तर, अध्यक्षजीले त्यसो  (राजीनामा गर्न भनेको छैन) भन्नुभयो जस्तो मलाई लाग्दैन ।'

स्रोतहरूका अनुसार मुस्लिम समुदायका मौलाना तथा मौल्बीहरूले प्रस्टरूपमा असन्तुष्टि व्यक्त गरेपछि यादव आफ्नो अडानबाट पछि हटेका हुन् ।

आसन्न चुनावमा मुस्लिम समुदायको भोट नआउने त्रास देखाइएपछि यादव अडान छाड्न बाध्य भएको स्रोतको दाबी छ ।

'राउतलाई मुख्यमन्त्रीबाट हटाए आगामी चुनावमा जसपालाई भोट नदिन फतवा नै जारी गर्छौं भन्ने चेतावनी मुस्लिम धर्मगुरु मात्र हैन विदेशबाट समेत आएपछि उपेन्द्रजी 'ब्याक' भएका हुन्,' जसपा स्रोतले भन्यो ।

तर, यसबारे थप बुझ्न खोज्दा अध्यक्ष यादवसँग सम्पर्क हुन सकेन ।

मुख्यमन्त्री राउतकै संयोजकत्वमा सञ्चालित मुख्यमन्त्री 'बेटी पढाऊ, बेटी बचाऊ' अभियान कार्यक्रमअन्तर्गत छात्राहरूलाई वितरण गर्नका लागि साइकल खरिद गर्दा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ । मुख्यमन्त्रीविरुद्ध मुद्दा दर्ता नभए पनि उनीमाथि राजीनामाका लागि नैतिक दबाब पार्टी भित्रबाटै बढ्दै गएको छ ।

अख्तियारले थप विषयमा छानबिनका लागि फाइल माग्दा मुख्यमन्त्री कार्यालयबाटै फाइल गायब भएपछि उक्त कार्यालयभित्रको बेथिति झनै उदांगिएको छ । सोही मौका छोपेर जसपा अध्यक्ष यादवले राउतलाई राजीनामा गर्न निर्देशन दिएका हुन् ।

यता मुख्यमन्त्री राउतले भने आफूसँग राजीनामा नमागिएको दाबी गरेका छन् । 'हिजो पार्टी प्रवेश कार्यक्रममा दिनभरी म अध्यक्षजीसँगै थिएँ । उहाँले मलाई राजीनामा दिन निर्देशन दिनुभएको छैन,' राउतले लोकान्तरसँग भने, 'फेरि मैले राजीनामा किन दिने ? मैले त्यस्तो के काम गरेको छु र राजीनामा दिने ?'

मुख्यमन्त्री बन्न चाहनेहरूले केही सञ्चारमाध्यमलाई झूटो सूचना दिएर जनता र कार्यकर्तामा भ्रम छरेको राउतको आरोप छ ।

स्रोतका अनुसार राउतले राजीनामा दिएमा अध्यक्ष यादवको निर्वाचन क्षेत्रकै प्रदेश सांसद एवं मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहलाई मुख्यमन्त्री बन्न तयार रहन भन्दै बधाई समेत दिइसकिएको थियो । साहलाई यादवले मात्र होइन, यादव निकटका प्रदेश सांसदहरूले समेत बधाई तथा शुभकामना दिइसकेका थिए।

चुनावको मुखैमा राउतको राजीनामा माग्नुको भित्री कारण

कतिपयले यसलाई मिडिया ट्रायलको रूपमा चर्चा गरे पनि जसपाकै एक नेता भने आफ्नो संसदीय क्षेत्रको जटिल अवस्थाका कारण उपेन्द्रले लालबाबु राउतको राजीनामा मागेको बताउँछन् ।

जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र तत्कालीन समाजवादी पार्टी (सपा) बीच भएको गठबन्धनअनुसार प्रतिनिधिसभामा सपाबाट उपेन्द्र यादव र प्रदेशसभामा राजपाबाट मनिष सुमन तथा सपाबाट शैलेन्द्र साह निर्वाचित भएका थिए ।

यादवको संसदीय क्षेत्रमा निर्वाचित भएका प्रदेशसभा सदस्य साहलाई शुरूमा मधेश प्रदेश सरकारको कृषि मन्त्री बनाइएको थियो । केही वर्षपछि यादवले  साहलाई बढुवा गर्दै अर्थमन्त्री नै बनाएका थिए । उता साविक राजपाबाट निर्वाचित प्रदेशसभा सदस्य सुमन लामो समयसम्म सांसद मात्र सीमित रहे ।

शुरूमा उनी सभामुखको प्रबल दावेदार भएपनि साविकको राजपाले सरोजकुमार यादवलाई सभामुखमा सारेपछि सुमन असन्तुष्ट हुँदै आएका थिए । लामो समयपछि बल्ल उनलाई संसदीय समितिको सभापति बनाइएको थियो ।

जसपाबाट लोसपा विभाजित भएपछि साविक राजपाबाट निर्वाचित भएका सुमनले जसपा नै रोजे । २ दिनअघि मात्र यादवले पार्टी प्रवक्तामा सुमनलाई मनोनयन गरेका हुन् ।

आफ्नो संसदीय क्षेत्रका प्रदेश सांसद साहलाई अहिले मुख्यमन्त्री बनाएर आगामी पाँच वर्षका लागि साह नै मुख्यमन्त्रीको उम्मेदवार भएको सन्देशसहित चुनावमा जान पाए जीत सहज हुने उपेन्द्रको विश्लेषण रहेको उनी निकट स्रोतको दाबी छ ।

स्थानीय चुनावको परिणामले झस्किएका यादव

सप्तरी -२ यादवको संसदीय क्षेत्र हो । उक्त क्षेत्रमा राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिका सहित कुल ४ वटा पालिकाहरू पर्छन् ।

२०७९ वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ती चार पालिकामध्ये राजविराज नगरपालिकामा मात्र जसपाले जितेको छ ।

राजविराज नगरपालिकामा जसपाका भीमराज यादव ९ हजार ६२४ मत ल्याएर विजयी भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी निलम्बित छन् ।

तिलाठी कोइलाडी गाउँपालिकामा नेपाली कांग्रेसका अरुण कुमार मण्डलले ५ हजार ४७४ मत ल्याएर अध्यक्ष जितेका छन्। उक्त पालिकामा जसपाका निरजकुमार निरजले २ हजार २४३ मत ल्याएका थिए ।

त्यसैगरी छिन्नमस्ता गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द चौधरी २ हजार ८९५ मत ल्याएर अध्यक्षमा  निर्वाचित भएका छन् । जसपाका सत्यनारायण यादवले १ हजार ७६६ मत ल्याएका थिए।

त्यसैगरी महादेवा गाउँपालिकाको अध्यक्षमा लोसपाका सुनिलकुमार मण्डलले ४ हजार ५७० मत ल्याएर जितेका छन् भने जसपाका शिवनन्दन यादवले १ हजार ७४२ मत ल्याएका थिए।

यो नतिजा उपेन्द्रका लागि अनुकूल देखिएको छैन ।

सीके राउतको टक्कर  

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको उम्मेदवारी घोषणा पनि उपेन्द्र यादवका लागि टाउको दुखाइको विषय बनेको छ । मधेशका पुराना दलहरूप्रति जनताको वितृष्णा र सीके राउतको उदीयमान छविका कारण उपेन्द्रलाई चुनौती थपिएको हो । तर, मधेशमा उपेन्द्रको राजनीतिक ब्रान्ड आफैँमा बलियो रहेको कुरालाई यहाँ स्मरण गर्नुपर्ने हुन्छ ।

युवामाझ रहेको क्रेजबाट हौसिएका राउत सप्तरी २ बाटै चुनाव लड्ने तयारीमा छन् । 'मेरो त जन्मस्थान नै महादेवा हो। म आफ्नो गाउँ नै रहेको संसदीय क्षेत्रबाट चुनाव लड्ने हो ,' राउतले केही दिनअघि लोकान्तरसँग भनेका थिए, 'उपेन्द्रजीको त यो संसदीय क्षेत्र नै होइन। उहाँले निरन्तर संसदीय क्षेत्र फेर्दै आउनुभएको छ । यसपटक पनि उहाँले अन्य क्षेत्र रोज्नुहुन्छ भन्ने मेरो विश्वास छ ।'

उक्त क्षेत्रमा २ पालिका जितेको लोसपाले प्रतिनिधिसभामा उम्मेदवार नउठाएर राउतलाई समर्थन गर्न सक्ने सम्भावना पनि छ । राउतले महन्थ ठाकुरसहितका नेतालाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन्।

मुस्लिम-यादव 'कम्बिनेसन'ले काम नगरेको निष्कर्ष 

भदौ १ देखि ३ गतेसम्म चलेको जसपाको राजनीतिक समिति बैठकमा सप्तरीका एक नेताले अध्यक्ष यादवको मुस्लिम मोहप्रति प्रश्न उठाएका थिए । बैठकमा सहभागी जसपाका एक नेताका अनुसार सप्तरीका एक नेताले मुस्लिम समुदायप्रति अध्यक्ष यादवले तेस्रो आँखा खोलेर माया गर्ने गरेको आरोप लगाएका थिए । तर मुस्लिम समुदायबाट अपेक्षित भोट नआएको उनको गुनासो थियो ।

पछिल्लो समय रेणु यादवको ठाउँमा इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्री बनाएको, शुरूदेखि नै विभिन्न विषयमा विवादमा आइरहने मधेश प्रदेशका मुख्यमन्त्री राउतलाई निरन्तर टिकाइराख्नुले पनि अध्यक्ष यादवको मुस्लिम मोह छर्लङ देखिएको भन्दै आलोचना गरिएको थियो ।

पार्टी विभाजनका लागि पटक–पटक प्रयास गरेका इस्तियाकलाई कारवाही गर्नुको साटो मन्त्री पद तथा प्रदेश इन्चार्ज समेतको जिम्मेवारी दिएर पुरस्कृत गरिनुले पनि अन्य समुदाय बिच्किँदै गएको ती नेताले बताएका थिए ।

भारतको बिहारमा लालुप्रसाद यादवले मुस्लिम-यादव 'कम्बिनेसन'को 'फर्मुला'लाई अपनाउँदै लामो समयसम्म सत्ता सञ्चालन गरेका थिए । त्यसैको देखासिकी गरेर मधेश प्रदेशमा ठूलो संख्यामा रहेका यादव र मुस्लिमबीच 'कम्बिनेसन' मिलाउनकै लागि यादवले राउतलाई मुख्यमन्त्री बनाएका थिए ।

उक्त 'कम्बिनेसन'ले पार्टीलाई खासै फाइदा नपुगेको, झन् हिन्दू समुदाय रुष्ट हुँदै गएको ब्रिफिङ उपेन्द्रलाई पार्टीभित्रैबाट हुन थालेको छ । मुस्लिम-यादव समीकरणले काम नगरेको भन्दै चुनावको मुखमा 'कोर्स करेक्सन' गर्दै हिन्दू मत जित्न राजनीतिक कार्ड खेल्न खोजेको हुन सक्ने मधेश मामिलाका एक जानकार बताउँछन् ।

रेणु यादवको असन्तुष्टि

सप्तरीबाट नै चुनाव जितेकी सांसद रेणु यादव पनि अध्यक्ष यादवसँग असन्तुष्ट छिन् । पछिल्लो समय जसपाले मन्त्री परिवर्तन गर्दा राजेन्द्र श्रेष्ठलाई यथावत राखी तीनजना फेरेको थियो ।

सोही क्रममा भौतिक पूर्वाधार मन्त्री यादवको ठाउँमा इस्तियाक राईलाई पठाएपछि उनी असन्तुष्ट छिन्।

मन्त्री हेरफेर गरेलगत्तै वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकमा रेणुले अध्यक्ष यादवको खुलेर नै आलोचना गरेकी थिइन्। उनले अब आफू साधारण सदस्य मात्र रहने भन्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा समेत दिएकी थिइन् ।

यादवबाट असन्तुष्ट भएकी रेणु नेकपा एमालेमा जान सक्ने चर्चा चलेको छ। एमालेमा नगए पनि रेणुले अध्यक्ष यादवलाई चुनावमा सहयोग गर्ने सम्भावना कम रहेको जसपाकै नेताहरू स्वीकार्छन् ।

सोही कारण उपेन्द्र आफ्नो क्षेत्रका प्रदेश सांसद साहलाई मुख्यमन्त्री बनाएर साहुजीहरूको विश्वास जित्न चाहन्छन् ।

राउतकै कारण चुनाव हार्ने डर

जनअपेक्षा पूरा गर्न नसकेको, सुशासन तथा विकासको समेत अनुभूति गराउन नसकेको लालबाबु राउत नेतृत्वको विवादित सरकारलाई अनुहार बनाएर लग्दा मधेश प्रदेशमा जसपाले चुनाव हार्ने यादवको आकलन छ ।

खास गरेर अख्तियारले नै मुख्यमन्त्री 'बेटी पढाऊ बेटी बचाऊ' अभियानअन्तर्गत अख्तियारले मुद्दा नै दर्ता गरिसकेको अवस्थामा राउतलाई मुख्यमन्त्रीमा निरन्तरता दिँदै चुनावमा जाँदा पार्टीलाई घाटा हुनसक्ने आकलन जसपा नेता/कार्यकर्ताले गरिरहेका छन् ।

पार्टी बैठक, सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत साइकल खरिद प्रकरणको विषयलाई लिएर आलोचना भइरहेका बेला यादवमाथि राउतलाई हटाउन दबाब छ ।

अहिले मुख्यमन्त्री परिवर्तन गर्दा प्रदेश सरकारको असफलता र राउतको बढ्दो अलोकप्रियताको अपजसबाट चुनावमा केही हदसम्म बच्न सकिने निष्कर्ष केही नेताले उपेन्द्रलाई सुनाएका छन् । सोही कारण पनि राउतको राजीनामा मागिएको चर्चा समेत छ ।

राउतको राजीनामा टरिसकेको छैन

जसपामा सर्वशक्तिमान भएका अध्यक्ष यादवले भित्री मनबाट नै मुख्यमन्त्री राउतको राजीनामा मागेको हुनाले राउतको राजीनामाको विषय टरिसकेको भने छैन ।

राउत निकट स्रोतका अनुसार यादवले राजीनामा माग गरेपनि राउतले राजीनामा नदिने अडान लिएका छन्।

त्यसैपनि निर्वाचन घोषणा भइसकेको अवस्थामा कामचलाउ सरकार हुने, भदौ २० गते निर्वाचन आचारसंहिता समेत लागू हुने हुँदा भदौ २० गते सम्म प्रदेश सभाको संसदीय दलको बैठक नै नबोलाउने रणनीति राउतले लिएका छन् । राउत नै जसपाको मधेश प्रदेश संसदीय दलका नेता हुन् ।

यादव–राउतबीचको टकराव र टसल कुन बिन्दुमा पुगेर समाधान हुने हो त्यसको चित्र प्रस्ट भइसकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x