०८ असार २०८३, सोमबार

अफगानिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु

भदौ ७, २०७९
अफगानिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तमा मंगलवार भएको सडक दुर्घटनामा ८ यात्रुको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

प्रान्तीय ट्राफिक अधिकारी अब्दुल मतिनले भने, ‘आज दिउँसो यवन जिल्लामा गाडी पल्टिँदा १ महिला र १ बालकसहित ८ यात्रुको मृत्यु भएको छ र २ जना घाइते भएका छन् ।’

अधिकारीका अनुसार पहाडी क्षेत्रमा सडकमा लापरवाहीपूर्वक सवारी चलाउनु नै दुर्घटनाको कारण हो । पश्चिमी हेरात प्रान्तको शिनदण्ड जिल्लामा पनि सोमवार भएको यस्तै अर्को दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता महमूद शाह रसौलीले उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्