२७ असार २०८३, शनिबार

एमालेबाट वडाध्यक्षमा निर्वाचित सिग्देलमाथि एमालेकै युवा नेताद्वारा कुटपिट

एमालेबाट वडाध्यक्षमा निर्वाचित सिग्देलमाथि एमालेकै युवा नेताद्वारा कुटपिट

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि कार्यकक्षमै कुटपिट भएको छ । नेकपा एमाले मकवानपुरका जिल्ला सचिवसमेत रहेका सिग्देललाई एमाले नेता  सानु लामा दोङले कुटपिट गरेका हुन् ।  

सिग्देलले  मंगलबार नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लामाविरुद्ध उजुरी दिएका छन् । कुटपिट गर्ने दोङ फरार रहेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

 सिग्देल ०७४ र ०७९ को स्थानीय निर्वाचनमा लगातर वडा अध्यक्षमा निर्वाचित भएका एमाले नेता हुन् भने  दोङ एमाले निकट युवासंघ नेता र  जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्वअध्यक्ष समेत हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्