२१ जेठ २०८३, बिहीबार

बिहारमा गठबन्धन फेरबदलपछि अर्काे घमासान

भदौ ८, २०७९
बिहारमा गठबन्धन फेरबदलपछि अर्काे घमासान
फाइल फोटो

भारतको बिहारका मुख्यमन्त्री नीतीश कुमारले भारतीय जनता पार्टी (भाजपा) गठबन्धन त्यागेर हालै जेडीयू–आरजेडी गठबन्धन बनाएका छन् । गठबन्धन फेरे पनि मुख्यमन्त्री उनी नै बनेका छन् ।

गठबन्धन फेरिएपछि अब विधानसभा सभामुख फेर्ने कसरत शुरू भएको छ । गठबन्धनले भाजपा नेता तथा सभामुख विजयकुमार सिन्हालाई राजीनामा दिन सुझाव दिएको थियो तर सभामुख सिन्हाले सरकारको कुरा सुनेनन् ।

गठबन्धनले सभामुख सिन्हाविरुद्ध अविश्वासको प्रस्ताव समेत ल्याएको छ भने बुधवार विधान सभामा मुख्यमन्त्री नीतीशले विश्वासको मत लिने कार्यसूची छ ।

अविश्वासको प्रस्ताव दर्ता भए पनि सरकारले विश्वासको मत लिने प्रस्तावलाई भने सभामुख सिन्हाले नै निर्णयार्थ पेश गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिन्हाले आफू विरुद्धको अविश्वासको प्रस्ताव अवैध भएको दाबी गरेका छन् ।

उपसभामुख महेश्वर हजारीले भने सभामुख सिन्हाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मत राखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्