०८ साउन २०८३, शुक्रबार

मध्यपुरथिमिका पाँच सय १९ लाई लालपुर्जा

मध्यपुरथिमिका पाँच सय १९ लाई लालपुर्जा

नापी कार्यालय भक्तपुरले नाप जाँच गरी हाल साविक गरेको पाँच सय १९ थान जग्गाधनी पुर्जा मध्यपुरथिमि नगरपालिका–५ र ७ का स्थानीय स्ववासीलाई वितरण गरिएको छ ।
    
आज मध्यपुरथिमि नगरपालिका कार्यालयमा नापी कार्यालयले आयोजना गरेको पुर्जा वितरण कार्यक्रममा पाँच सय १९ थान स्ववासीलाई उनीहरुले भोग चलन गर्दै आएको जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्तको भनाइ छ । 

उनका अनुसार २०२१ सालमा प्राविधिक कारणले नापजाँच हुन नसकेको र परापूर्वकालदेखि हकभोग गरी बसोबास गरिरहेको हकमा जग्गा नापजाँच ऐन २०१९ को दफा ६(५) बमोजिम नाप जाँच भई तयार भएका जग्गाधनी पुर्जा वितरण गरिएको हाे । 
    
मध्यपुरथिमि नगरपालिकाको साविक १७ वटा वडा मध्ये हालसाविक लागु भएको वि. सं. २०६४ देखि २०७६ सम्म ८ वटा वडाको सीमित पुर्जा वितरण भएको र हाल तीन वर्षको अवधिमा थप आठ वटा वडाको पुर्जा वितरण भएको हो। सुकुम्वासी जस्तै बसेर अनेकौ समस्या झेल्दै आएका स्थानीय स्वबासीलाई नगरपालिकाको पहलमा जग्गा धनी पूर्जा वितरण गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । 

salt training

कमेन्ट गर्नुहोस्