३१ असार २०८३, बुधबार

मेक्सिकोबाट अमेरिका गइरहेको विमानमा लाग्यो आगो (भिडियो)

भदौ १०, २०७९
मेक्सिकोबाट अमेरिका गइरहेको विमानमा लाग्यो आगो (भिडियो)

मेक्सिकोको ग्वादालाहाराबाट अमेरिकाको लस एन्जलस गइरहेको भिभा एयरोबस विमानको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । 

मंगलवार राति १० बजे टेकअफ गरेको केही मिनेटमै यात्रुहरूले ड्वांग आवाज सुनेका थिए । त्यसपछि उनीहरूले झिल्का आएको र दाहिने इन्जिनबाट आगोको लप्का झरेको देखे । आत्तिएका यात्रुहरूले विमान कर्मचारीलाई आगोको बारेमा बताएपछि पाइलटहरूले तत्कालै विमानलाई विमानस्थलमा उतारेका थिए । 

घटनाको भिडियो फूटेजमा रातिको समयमा विमानको इन्जिनबाट आगोका ठूला लप्का निस्केको देखिन्छ । 

घटनामा १८६ यात्रु र विमान कर्मचारी कसैलाई पनि चोटपटक लागेको छैन । तर आगो देखेपछि विमानभित्रका यात्रु रुने, चिच्याउने र प्रार्थना गर्ने गरेका थिए । 

भिभा एयरोबस कम मूल्यमा यात्रा गराउने र हरित विमान भएको दाबी गर्छ । मंगलवार उडेको एक घन्टामा विमान ग्वादालाहारा विमानस्थलमा फर्किएको थियो । त्यहाँबाट लस एन्जलस विमानस्थल पुग्न २ घन्टा ४० मिनेट लाग्छ । 

बुधवार बिहान उक्त एयरलाइन्सले यात्रुहरूलाई लस एन्जलसका लागि अतिरिक्त उडानको व्यवस्था गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्